जेडी र चन्द्रज्योतिले उचाले फुटसलको उपाधि

जेडी र चन्द्रज्योतिले उचाले फुटसलको उपाधि
सुन्नुहोस्

नुवाकोट : खेल क्षेत्रको विकास र विस्तारका लागि नुवाकोटको पिपलटारमा सञ्चालित दोस्रो ‘पिपलटार कप’ अन्तरमावि छात्र-छात्रा फुटसल प्रतियोगितामा शनिबार सकिएको छ। पिपलटार फुटबल क्लबको आयोजनामा शुक्रबारदेखि सो प्रतियोगिता सुरु भएको हो। सो प्रतियोगिताको विजेताहरूलाई कार्यक्रमकाबीच बागमती प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह लामा र विदुर नपाका मेयर राजन श्रेष्ठले पुरस्कृत गरे। प्रतियोगितामा छात्रातर्फ जेडी बोर्डिङ स्कुल च्वाडी पब्लिक माविलाई पराजित गर्दै विजेता भएको छ। 

छात्रातर्फ चन्द्रज्योति माविले जेडी बोर्डिङ स्कुललाई पराजित गरेको छ। छात्रतर्फ विजेताले नगद १५ र उपविजेताले सात तथा छात्रातर्फ विजेताले १० र उपविजेता समूहले पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्। सो प्रतियोगितामा नुवाकोटका विभिन्न १० विद्यालयका १२ छात्र र ४ छात्रा गरी १६ फुटसल टिमको सहभागिता रहेको प्रतियोगिता आयोजक पिपलटार फुटसलका अध्यक्ष उद्धव पनेरूले जानकारी दिए। छात्रतर्फ जेडी बोर्डिङका युकेश पनेरू र छात्रातर्फ पनि जेडीकै भावना केसीले उत्कृष्ट खेलाडी उपाधि पाए। 

छात्रतर्फ जेडीका ९ गोल गरेका सम्राट तामाङ र छात्रातर्फ १० गोल गरेकी चन्द्रज्योतिकी मनिषा तामाङ हाइस्कोरर तथा जेडीका सुरज कुमाल र चन्द्रज्योतिकी हसिना तामाङले उत्कृष्ट गोल रक्षकको पुरस्कार थापिन्। प्रमुख अतिथि बागमती प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह लामाले खेल क्षेत्रको विकास र विस्तारका लागि बागमती प्रदेश सरकारले विशेष प्राथमिकता दिएको बताए। उनले खेल मानव जीवनको सकारात्मक पक्ष रहेका कारण यसले अनुशासनसमेत सिकाउने बताए। विदुर नपाका मेयर राजन श्रेष्ठले खेल क्षेत्रको विकास र विस्तारका लागि विदुर नगरले सदैव क्रियाशीलता अपनाउने बताए। 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.