भन्सार छलेर ल्याएको जुत्ता,चप्पल र बिडी बरामद

भन्सार छलेर ल्याएको जुत्ता,चप्पल र बिडी बरामद
सुन्नुहोस्

झापा : झापाको सीमा नाकाबाट भन्सार छलेर ल्याएको जुत्ता,चप्पल र बिडी बरामद भएको छ। सशस्त्र प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्राइएको ११ कार्टुन स्पोर्टस जुत्ता र चप्पल बरामद गरेको हो। सशस्त्र प्रहरीको गस्ती टोलीलाई देख्नसाथ तस्करहरू सामान छाडेर भागेका थिए। 

बरामद गरिएको विभिन्न ब्राण्डका २५४ जोर जुत्ता र २४५ जोर चप्पललाई ४ लाख ४ हजार मूल्य तोकेर मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाउने तयारी भइरहेको छ। 

सशस्त्र प्रहरीले जिल्ला विभिन्न नाकाबाट भन्सार छलेर नेपाल भित्राइएका सामानसहित सवारीसाधन नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका डीएसपी तथा सूचना अधिकारी दिनेश कटुवालले जानकारी दिए। 

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट टाघनडुब्बाका इन्स्पेक्टर दीपेन्द्रमणि राईको कमान्डमा खटिएको टोलीले आइतबार राति ९ बजेको समयमा झापा गाउँपालिका-४ स्थित सुकुम्वासी बस्ती नजिकैको सीमा इलाकाको सन्थालबस्तीबाट ठूलो परिमाणको जुत्ता चप्पल बरामद गरेको छ। 

त्यस्तै सशस्त्र प्रहरीको बीओपी नकलबन्दाका प्रहरी नायव निरीक्षक युवराज खतिवडाको मोबाइल गस्ती टोलीले सोमबार बिहान ६ बजे काँकडभिट्टाबाट धुलाबारी तर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ह ९००४ नम्बरको अटो चेकजाँच गर्दा ४ बोरा भारतीय कम्पनीका सुर्तीजन्य पदार्थ बिडी बरामद गरेको छ। 

सशस्त्रलाई देख्न साथ अटो चालक फरार भएका थिए। त्यसैगरी सोमबार बिहान ६ बजे  २० मिनेटको समयमा सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाबाट खटिएका इन्स्पेक्टर भीष्म सापकोटाको सशस्त्र प्रहरी टोलीले काँकडभिट्टाबाट धुलाबारीतर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ह ८७४४ नम्बरको अटोबाट पनि ४ बोरा बिडी बरामद गरेको छ। 

नकलबन्दाको टोलीले एउटा अटो नियन्त्रणमा लिएपछि अर्को अटो त्यहाँबाट भगाएपछि गणबाट खटिएका टोलीले सो अटोलाई पनि नियन्त्रणमा लिएको डीएसपी कटुवालले जानकारी दिए। बरामद गरिएको ८ बोरा बिडी दुई लाख रुपैयाँ मूल्य तोकेर मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाउने तयारी भइरहेको उनले बताए। 

दुवै अटो कालो प्लेट नम्बर (भाडामा प्रयोग) हुने साधन भएकोले एक पटकलाई चेतावनी दिएर छाडिदिएको उनको भनाइ छ। उता सशस्त्र प्रहरीको बीओपी केचनाले भारतबाट नेपाल भित्राइएको अवैध माछा बरामद गरेको छ।  

बीओपी केचनाका सशस्त्र प्रहरी नायव निरीक्षक भरतलाल धमला नेतृत्वको पैदल गस्ती टोलीले सोमबार बिहान साढे ७ बजेको समयमा विभिन्न जातका ४० केजी माछा बरामद गरेको जनाइएको छ। बरामद गरिएको माछा नष्ट गरिनेछ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.