एमसीसीको विरोध गरेकै कारण मलाई चुनावमा हराइयो : झलनाथ खनाल

एमसीसीको विरोध गरेकै कारण मलाई चुनावमा हराइयो : झलनाथ खनाल
सुन्नुहोस्

काठमाडौं : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमसीसीविरुद्ध बोल्नेलाई चुनावमा हराउने ग्राण्ड डिजाइन गरिएको र त्यसको शिकार आफू भएको बताएका छन्।

नेपाल कम्युनिष्ट पार्टीले सोमबार काठमाडौंमा आयोजना गरेको एमसीसी परियोजना कार्यान्वयनविरुद्ध बृहत् अन्तर्क्रिया कार्यक्रममा खनालले तत्कालीन समयमा आफू एक्लैले सदनमा उभिएर एमसीसीको विरोध गरेको र त्यसैका कारण चुनावमा हटाउने ग्राण्ड डिजाइन गरिएको बताए। 

सदनबाट एमसीसी पास गर्नु इतिहासको दुर्भाग्यपूर्ण क्षण भएको उनको भनाइ छ। खनालले उक्त सम्झौता संविधान र कानुनभन्दा माथि रहेको भन्दै यस्ता कुनै पनि परियोजना मान्न जरुरी नरहेको बताए। उनले मुलुकको हित विपरित रहेका सम्झौताको विरुद्ध डटेर लड्नुपर्ने बताए।

त्यस्तै नेकपाका महासचिव नेत्र विक्रम चन्द 'विप्लव'ले अमेरिकी साम्राज्यवादको रूपमा रहेको एमसीसी राष्ट्रको हितमा नरहेको र यसैका कारण अमेरिकी सेनाहरू नेपाल आउन खोजेको तर्क गरे। उनले देशको हित विपरित कुनै पनि काम भए नेपाली जनता चूप लागेर नवस्ने जिकिर गरे। उनले एमसीसी लागू गर्ने सरकारको तयारी रहेको भन्दै त्यसलाई कुनै हालतमा सफल हुन नदिने चेतावनी दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.