पाल्पा दुर्घटना : मृतक ३ जनामध्ये २ को सनाखत

पाल्पा दुर्घटना : मृतक ३ जनामध्ये २ को सनाखत
सुन्नुहोस्

पाल्पा  : पाल्पाको जोर्तेमा पहिरोले स्कारपियो पुरिंदा ३ जनाको मृत्य भएको छ भने ८ जना घाइते भएका छन्। तानसेन तम्घास सहायक राजमार्गको पाल्पा जोर्तेमा ढुङ्गासहितको पहिरोले रेसुङ्गा यातायात प्रा.लि.को  लु १ ज ४६०० नम्बरको स्कारपियो गाडी पुरिंदा ३ जनाको घटनास्थमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख एसपी हेरम्व शर्माले जानकारी दिए।  

मृत्यु हुनेमा रेसुङ्गा नगरपालिका वडा नं ७  की ५० वर्षीया मनाकला चुदारा र जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत  तानसेन पाल्पाका प्रहरी सहायक हवलदार यमबहादुर गोदार रहेका र एक जना पुरुषको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डिएपी विरेन्द्र थापाले जानकारी दिए। 

तम्घासबाट बुटवलतर्फ जाँदै गरेको जीप बिहान करीव सवा ८ बजेको समयमा पाल्पाको जोर्तेमा पहिरोमा पुरिएको हो।  घाइते भएका ८ जनाको लुम्विनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको चालक सकुसल रहेको सूचना अधिकारी  थापाले बताए। घाइतेमध्ये एक जनाको बाहेक अन्य ७ जनाको अवस्था समान्य रहेको पाल्पा प्रहरीले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.