सुनको मूल्य बढ्यो, चाँदी घट्यो
काठमाडौं : सुनको मूल्य आज बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य १ लाख १२ हजार ८०० रुपैयाँ कायम भएको छ।
तेजाबी सुनको मूल्य एक लाख १२ हजार २५० रुपैयाँ कायम भएको छ। बुधबार सुन प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
सुनको मूल्य बढेपनि चाँदी भने घटेको छ। आज चाँदी प्रतितोला १४ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी १४ सय ८५ रुपैयाँमा खरिदिबिक्री भएको थियो।
प्रतिक्रिया दिनुहोस !