साम्राज्यवादी शक्तिहरू कम्युनिष्ट आन्दोलनलाई ध्वस्त पार्न खोज्दैछन् : झलनाथ खनाल

साम्राज्यवादी शक्तिहरू कम्युनिष्ट आन्दोलनलाई ध्वस्त पार्न खोज्दैछन् : झलनाथ खनाल

काठमाडौं : नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले कम्युनिष्ट आन्दोलन ध्वस्त पार्न साम्राज्यवादी शक्तिहरू लागिपरेको बताएका छन्।  शान्तिका लागि अन्तर्राष्ट्रिय ट्रेड युनियनको अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता खनालले कम्युनिष्ट आन्दोलन खतम पार्न साम्राज्यवादी र प्रभुत्ववादी शक्तिहरू ग्राण्ड डिजाइनका साथ अघि बढिरहेको बताएका हुन्।

नेता खनालले २०८४ को निर्वाचनमा साम्राज्यवादी र प्रभुत्ववादी शक्तिहरू आफ्ना दलालहरूलाई बहुमत दिन लागिपरेको आरोप समेत लगाए। '२०८४ को निर्वाचनमा साम्राज्यवादी  र प्रभुत्ववादी शक्तिहरूले  आफ्ना दलालहरूलाई बहुमतको रुपमा उभ्याउने एउटा ग्राण्ड डिजाइनका साथ अघि बढिरहेका छन्,'उनले भने,' उनीहरू कम्युनिष्ट आन्दोलनमा कुनै हिस्सालाई आफ्नो मित्र बनाएर राख्ने । उनीहरूलाई सहुलीयत दिने। सुविधान दिने । र, अर्को हिस्सालाई ध्वस्त गर्ने । अन्तिममा सबैलाई सखाप पार्ने रणनीतिमा उनीहरू चलिरहेका छन्।'

उनले कम्युनिष्टहरूलाई सिध्याउने खेल भइरहेकाले  सबै कम्युनिस्ट एक ठाउँमा केन्द्रित हुन जरूरी रहेको बताए।  पछिल्लो समय कम्युनिष्ट आन्दोलन  १७/१८ वटा समूहमा देखा परेको बताउँदै नेता खनालले सबै समूहबीच एकता हुनुपर्नेमा जोड दिए।

एकताका लागि सही वैचारिक राजनीतिक कार्यदिशा नीति र सिद्धान्त आधार हुनुपर्ने उनको भनाइ  छ। 'अहिले कम्युनिष्ट आन्दोलनमा १७ -१८ वटा समूहहरू देखा परेका छन्। सबै समूहको बीचमा कुनै न कुनै बिन्दुमा पुगेर एकता हुनुपर्छ। एकता अंकमाल गरेर हुँदैन। वेल विस गरेर हुँदैन। टाउको जोडेर हुँदैन। गाला जोडेर हुँदैन,'उनले भने,'एकताका लागि सही वैचारिक राजनीतिक कार्यदिशा नीति र सिद्धान्तका आधारमा हुनुपर्छ।'

नेता खनालले माघमा हुने पार्टीको महाधिवेशन सफल पार्न सबै एकजुट भएर लाग्नुपर्ने धारणा व्यक्त गरे।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.