राहदानी विभागले सेवाग्राहीलाई भन्यो- आवेदन फाराममा तोकिएको मिति र समयमा मात्र आउनुहोस्

राहदानी विभागले सेवाग्राहीलाई भन्यो- आवेदन फाराममा तोकिएको मिति र समयमा मात्र आउनुहोस्
फाइल तस्बिर
सुन्नुहोस्

काठमाडौं : राहदानी विभागले आवेदन फाराममा तोकिएको मिति र समयमा मात्र कार्यालयमा आउन सेवाग्राहीलाई आग्रह गरेको छ। भीडभाडरहित सेवा प्रवाह गर्नका विभागले सेवाग्राहीलाई तोकिएको समयमा मात्र आउन आग्रह गरेको हो। 

द्रुत सेवाअन्तर्गतको विद्युतीय राहदानी सेवालाई सहज र सेवाग्राहीमैत्री बनाउन राहदानी विभागले हरेक दिन बिहान १० बजेदेखि प्रत्येक आधा घण्टाको अन्तरमा १५० देखि २०० सम्म सेवाग्राहीलाई विद्युतीय राहदानी आवेदनका लागि अपोइन्टमेन्ट उपलब्ध गराउने व्यवस्था गरेको छ। 

तथापि, तोकिएको दिनको विभिन्न समयमा अपोइन्टमेन्ट पाएका अधिकांश सेवाग्राही एकैपटक बिहान सबेरै विभाग आएर लाइने लाग्ने गरेकाले बिहानको समयमा विभागमा सेवाग्राहीको बढी भीडभाड हुने गरेको विभागले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.