कांग्रेसका १५ विभाग प्रमुख मनोनित : कसलाई कुन विभागको जिम्मेवारी ?
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १५ केन्द्रीय विभागमा प्रमुख मनोनित गरेका छन् । कांग्रेस सभापति देउवाले शुक्रबार कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ३७ (१) (ग) बमोजिम केन्द्रीय कार्यसमितिका सदस्यहरुलाई केन्द्रीय विभागको प्रमुखमा मनोनयन गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
देउवाले कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्यहरु कृष्णचन्द्र नेपाली पोखरेललाई प्रदेश समन्वय, पुष्पा भुसाललाई महिला, चिनकाजी श्रेष्ठलाई उद्योग तथा व्यापार, किरण यादवलाई तराई—मधेश समन्वय, योगेन्द्र चौधरीलाई थारु, गेहेन्द्र गिरीलाई जेष्ठ नागरिक समन्वय, आङ्गेलु शेर्पालाई पर्यटन, डारणबहादुर रावललाई गैरसरकारी संस्था समन्वय, दिलमान पाख्रिनलाई आदिवासी जनजाति, प्रकाश रसाईली स्नेहीलाई वैदेशिक रोजगार समन्वय तथा आप्रवासन विभागमा मनोनित गरेका छन्।

प्रतिक्रिया दिनुहोस !