अन्तरघातीहरूलाई पार्टीमा हुर्किने मौका दिनुहुँदैन : विष्णुप्रसाद पौडेल

अन्तरघातीहरूलाई पार्टीमा हुर्किने मौका दिनुहुँदैन : विष्णुप्रसाद पौडेल
सुन्नुहोस्

बुटवल : नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले निर्वाचनका बेला आफ्नै उम्मेदवारविरूद्ध उत्रिने नेता कार्यकर्ताका विषयमा अधिवेशनले चर्चा गर्नु जरुरी रहेको बताएका छन्। 

`अन्तरघातीहरूलाई पार्टीमा हुर्किने मौका दिनुहुँदैन। यस्ता पार्टीविरोधीको खोजी हुनुपर्छ,' उनले भने। उनले पार्टीविरूद्ध भइरहेका दुस्प्रचारहरू निस्तेज गर्दै अघि बढ्नुपर्ने बताए। विधि, नीति, नेतृत्वमा एमालेमा कुनै मतभेद् नभएको भन्दै उनले अवसरवादीहरूले गुट हुर्काउन खोजिरहेको आरोप लगाए।

नेता विचार, योगदान, संगठनका आधारमा मात्रै हुने भन्दै त्यही आधारमा नेतृत्व चयन गर्नुपर्ने उनको भनाइ छ। अहिले पार्टी निर्माणको क्रम रहेको भन्दै गुटबन्दीलाई प्रश्रय नदिन उनले आग्रह गरे। आफू पार्टी निर्माणमा ४५ वर्षदेखिको सिपाही रहेको भन्दै उनले गुटबन्दीको मसिहा नबन्ने जिकिर गरे। 

एमालेलाई सकाउन देशीविदेशीले घेराबन्दी गरिरहेको भन्दै त्यसलाई परास्त गर्दै अघि बढ्नुपर्ने उनले बताए। `एमाले तुफान बनेर आउने छ। अहिलेको बुख्याचा सरकारलाई पररास्त गर्दै आउँछ,' उनले भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.