गायक थापालाई गृहजिल्लाबाट उपचार गर्न सहयोग

गायक थापालाई गृहजिल्लाबाट उपचार गर्न सहयोग
सुन्नुहोस्

सिन्धुपाल्चोक : लोकदोहोरी, घाँसेलगायत गीतबाट चर्चा बटुलेका गायक तथा सर्जक रेशम थापाको उपचारका लागि सहयोग प्रदान गरिएको छ।

गायक थापाको गृहजिल्ला सिन्धुपाल्चोकको जलवीरे, बतासे लगायतको ठाउँबाट संकलित एक लाख ४३ हजार ७० रुपैयाँ उपचारका लागि हस्तान्तरण गरिएको हो। 

बलेफी गाउँपालिका–१ का वडाध्यक्ष हुपबहादुर खड्का, राप्रपा युवा नेता दीपक थापा र जलवीरे युवा क्लबले गायक थापाको उपचारका लागि सहयोग संकलन गरेका थिए।

उनको उपचार भइरहेको अन्नपूर्ण न्यूरो अस्पतल माइतीघरमा पुगेर स्वास्थ्य लाभको कामना गर्दै सहयोग रकम हस्तान्तरण गरिएको क्लबका सचिव दिपेन्द्र थापाले जानकारी दिए। गायक थापा अचानक बिरामी भई अस्पतालमा उपचाररत रहेको खबर पाएपछि सहयोग संकलनमा आफूहरू जुटेको उनले बताए।

सिन्धुपाल्चोकको चौतारा सागाँचोकगढी नगरपालिका–२ बतासे बालुवा टोल स्थायी घर भएका थापाको उच्च रक्तचापका कारण अस्वस्थ भएपछि भदौ १० गते अस्पताल भर्ना गरिएको थियो। उनको शरीरको आधा भागमा प्यारालाइसिस भएको र मस्तिष्कको नशामा असर परेकाले शल्यक्रिया गर्नुपर्ने उपचारमा संलग्न चिकित्सकले बताएका छन्।

उपचारका लागि ठूलो धनराशी खर्च हुने र थापाको आर्थिक अवस्था कमजोर भएको उल्लेख गर्दै राष्ट्रिय संगीतकर्मी संघलेसमेत विज्ञप्ति जारी गर्दै उपचारका लागि सहयोगको अपिल गरेको छ। संघका संस्थापक तथा पूर्वअध्यक्षसमेत रहेका थापाले ‘रुमालै छ चिनो, मेरो फोटो किन पो जलायौ, सरिता, मेरै भन्थेऊ अर्कैलाई सुहायौ, छुट्नै परे बीस पिउला नि, मेरो झल्को मेटाउने को पायौ, नउने आमा मखमली, पराई घरमा, फुल्यो जमुना, बेसी टारी खेत’जस्ता सयौं गीत गाएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.