पावर ट्रेड एग्रिमेन्टका डकुमेन्ट जनतासमक्ष ल्याउनुपर्छ : झलनाथ खनाल

पावर ट्रेड एग्रिमेन्टका डकुमेन्ट जनतासमक्ष ल्याउनुपर्छ : झलनाथ खनाल
सुन्नुहोस्

काठमाडौं : एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले छिमेकी देशसँग गर्ने पावर ट्रेड एग्रिमेन्टका डकुमेन्ट जनतासमक्ष ल्याउन सरकारसँग माग गरेका छन्। बुधबार काठमाडौंमा पार्टी निकट आदिवासी जनजातिको भेलालाई सम्बोधन गर्दै नेता खनालले नेपालमा उत्पादन हुने बिजुली किन्न छिमेकी देश चीन समेत तयार रहे पनि त्यसबारे सरकारले कुनै चासो नदिएको जिकिर गरे। 

नेता खनालले नेपालले कति बिजुली उत्पादन गर्न सक्छ भन्नेमा सरकारले कुनै अनुसन्धान नगरी अहिले उत्पादन भइरहेको बिजुली २५ वर्षका निम्ति भारतलाई बेच्न लागेको भन्दै त्यसरी बिजुली बेच्न गरिने सम्झौता जनतामाझ सार्वजनिक गर्नुपर्ने बताए। 

नेता खनालले त्यस्ता डकुमेन्ट जनता र संसदबाट अनुमोदन गराएर मात्रै काम अघि बढाउन माग गरे।

बिजुली प्राकृतिक स्रोतसाधन भएको भन्दै उनले प्राकृतिक साधन स्रोतका बारेमा कुनै पनि देशसँग सम्झौता गर्दा नेपालको संविधानको धारा १२६ मा दुई तिहाइबाट अनुमोदन गर्नुपर्ने भन्ने रहेपनि यसबारेमा कुनै पनि सम्झौताका डकुमेन्ट जनतासामु नआएको उल्लेख गरे र उनले नेपालमा उत्पादन हुने बिजुली खपत हुन नसकेपछि कुनै न कुनै देशमा बेच्नु स्वाभाविक हुने भए पनि कस्तो बजार निर्माण गरेर बेच्ने भन्नेमा प्रस्ट हुनुपर्ने तर्क गरे ।

उनले चीनलाई समेत बिजुली बेच्न सकिने बताए। त्यस्तै नेता खनालले आफ्नो पार्टी जहिले पनि गठबन्धनको पछि नलाग्ने भन्दै अब आउने चुनावमा पार्टीले कार्यक्रम र  योजनाका साथ आउने चुनावमा देशव्यापी भाग लिने बताए।

उनले अबको चुनावसम्म ७५३ वटै पालिकामा पार्टीका झन्डा फहराउन कार्यकर्ताहरूलाई आग्रह समेत गरे । नेता खनालले पुँजीवादको एक मात्र विकल्प समाजवाद भएको भन्दै समाजवादी विकल्प खडा गर्ने पार्टी एकीकृत समाजवादी हुने दाबी गरे।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.