वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अधिकृतविरुद्ध ३३ लाखको भ्रष्टाचार मुद्दा

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अधिकृतविरुद्ध ३३ लाखको भ्रष्टाचार मुद्दा
सुन्नुहोस्

काठमाडौं : अख्तियार  दुरूपयोग अनुसन्धान आयोगले धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका इलेक्ट्रिक इन्जिनियरिङ्ग शाखाका अधिकृत तेज नारायण साहविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारले अधिकृत साहविरुद्ध  ३३ लाख २० हजार २२६ रुपैयाँ बराबरको भ्रष्टाचार मुद्दा  सोमबार  विशेष अदालत काठमाडौंमा दायर गरेको हो। साहले प्रतिष्ठानको हाताभित्र भाडामा पसल सञ्चालन गरिरहेका  व्यवसायीहरूबाट  विद्युत महशुलवापतको रकम उठाइ सो रकम प्रतिष्ठानको खातामा जम्मा नगरी हिनामिना गरेको अख्तियारको ठहर छ।

व्यवसायीहरूबाट विद्युत महशुलवापतको रकम उठाइ विद्युत महशुलसम्बन्धी सर्भरको दुरूपयोग गरी गलत बिल भौचर जारी गरी उक्त रकम प्रतिष्ठानको खातामा जम्मा नगरी  सार्वजनिक सम्पत्ति हिनामिना गरेको देखिएकाले निज साहलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १७ बमोजिमको कसुरमा कैद सजाय र जरिवाना माग गरिएको अख्तियार जनाएको छ।

हानिनोक्सानी भएको बिगोसमेत निजबाट असुल उपर हुन मागदावी गरिएको आरोपपत्रमा उल्लेख छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.