आगामी ३ दिन यी स्थानमा भारी वर्षा हुने
आज देशभर आंशिक देखि सामान्य बदली रहने र कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ।
काठमाडौं : हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ। साथै कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको भइरहेको छ ।
आज देशभर आंशिक देखि सामान्य बदली रहने र कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज राती कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै र बाँकी प्रदेशका एक दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको जनाएको छ।
बुधबार र बिहिबार पनि वर्षा कायमै रहने महाशाखाको बुलेटिनमा उल्लेख छ।
'बुधबार दिउँसो देशका पहाडी भू-भागका थोरै स्थानहरुमा र बाँकी भूभागका एक दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। राती कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।', महाशाखाले जनाएको छ, 'बिहीबार अन्य प्रदेशमा सामान्य वर्षा हुनुका साथै बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।'