मलाई संसदीय अभ्यास र प्रक्रियाका विषय सिकाउने सुवास दाईको अभाव सधैं खड्किनेछ : गगन थापा

मलाई संसदीय अभ्यास र प्रक्रियाका विषय सिकाउने सुवास दाईको अभाव सधैं खड्किनेछ : गगन थापा
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको अभाव सधैं खड्किरहने बताएका छन्। मंगलबार बिहान एमालेका उपाध्यक्ष, एवं प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङको असामयिक निधनले स्तब्ध बनाएको थापाले बताएका हुन्।

संविधान सभा अध्यक्ष हुँदा संविधान निर्माणमा सहमति र सहकार्यका लागि नेम्वाङले गरेको समन्वयकारी भूमिका सदा स्मरणीय रहने उनको भनाई छ।

‘नेकपा एमालेका उपाध्यक्ष, संविधानसभाका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य आदरणीय सुवासचन्द्र नेम्वाङको असामयिक निधन भएको खबरले स्तब्ध बनाएको छ।’ नेम्वाङप्रति श्रद्धाञ्जली दिँदै थापाले लेखेका छन्,‘संविधान सभा अध्यक्ष हुँदा संविधान निर्माणमा सहमति र सहकार्यका लागि उहाँले गरेको समन्वयकारी भूमिका सदा स्मरणीय रहनेछ। म संविधानसभा सदस्य हुँदा र अहिले पनि अभिभावक जस्तै भएर संसदीय अभ्यास र प्रक्रियाका सन्दर्भमा कैयन् विषयमा मलाई सिकाउने, बुझाउने सुवास दाइको अभाव सधैँ खड्किनेछ।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.