जिम्मा लिने व्यक्ति नहुँदा कुवेतबाट नेपाल फर्कन सकिनन् तुलसा
बुटवल : ब्रेन ह्यामरेज भई टाउकोको जटिल शल्यक्रिया गरी उपचार गराइरहेकी झिमरुक गाउँपालिका-५ ओखरकोट बिसरे प्यूठानकी तुलसा जिसी नेपाल फर्कन सकेकी छैनन्।
कुवेतको आदान अस्पतालमा उपचार गराएर सामान्य निको भएपनि उनलाई अस्पतालबाट डिस्चार्ज गराएर घर ल्याउने आफन्त नहुँदा अस्पतालको शय्यामा छटपटिन् बाध्य छिन।
विगत एक वर्षदेखि कुवेतका लागि नेपाली दूतावासमार्फत् उनको उपचार चलिरहेको छ। अस्पतालले घर जान सकिने बताएको छ। तर, उनलाई जिम्मा लिएर ल्याउने व्यक्ति नहुँदा घरपरिवार पीडामा परेका छन्।
‘कुवेतमा रहनुभएका नेपाली दिदिवहिनीहरुलाई उहाँको उद्दार गरी नेपालसम्म ल्याउने वातावरण मिलाइदिन आग्रह गर्छु,' जिसीका आफन्त ओखरकोटका प्रदीप जिसीले भने, ‘दूतावास र कुवेतमा रहेका सामाजिक संघसंस्थाका प्रतिनिधिहरूले पहल गरेमा उहाँलाई ल्याउन सकिन्थ्यो।’
प्रतिक्रिया दिनुहोस !
३