चिकित्सक कुटपिट प्रकरण

चिकित्सक आन्दोलनमा : आकस्मिक बाहेकका सेवा बन्द, उपचार सेवाबाट बिरामी बञ्चित (फोटोफिचर)

चिकित्सक आन्दोलनमा : आकस्मिक बाहेकका सेवा बन्द, उपचार सेवाबाट बिरामी बञ्चित (फोटोफिचर)
वीर अस्पतालमा उपचारको पर्खाइमा रहेका बिरामी । तस्बिर/ अभिषेक महर्जन

आन्दोलनरत चिकित्सकहरुले हातमा कालो पट्टी र पम्लेट, ब्यानरसहित विरोध गरिरहेका छन्। अस्पतालमा बिरामी टिकट लिन र उपचार गराउन स्वास्थ्य संस्थामा लाइनमा बसेपनि सेवा पाएका छैनन्।

काठमाडौं : नेपाल चिकित्सक संघले आकस्मिक बाहेकका सबै सेवा बन्द गर्दा बिरामी मारमा परेका छन्।  देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द गरेर चिकित्सक आन्दोलनमा उत्रिदा बिरामी उपचार पाउनबाट बञ्चित भएका हुन् ।

भदौ २७ गते हेटौँडामा रहेको सञ्चो अस्पतालका चिकित्सक डा. विकास थापा र डा. प्रशान्त विडारीलाई बिरामीको उपचार गरिरहेको बेला साङ्घातिक आक्रमण गरिएको थियो। डेङ्गी सङ्क्रमण भएपछि थप उपचारका लागि सञ्चो अस्पतालबाट चिकित्सकहरुले चितवन ‘रिफर’गरिएको र उपचारका क्रममा बिरामीको यही साउन २५ गते निधन भएपछि सञ्चो अस्पतालमा कार्यरत चिकित्सकद्वयलाई आक्रमण गरेका थिए। सोही विषयलाई लिएर घटनामा संलग्नहरूलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै नेपाल चिकित्सक संघको आह्वानमा  सेवा बन्द गरिएको हो । 

आन्दोलनरत चिकित्सकहरुले हातमा कालो पट्टी र पम्लेट, ब्यानरसहित विरोध गरिरहेका छन्। अहिले अस्पतालमा बिरामी टिकट लिन र उपचार गराउन स्वास्थ्य संस्थामा लाइन भएपनि टिकट काटिएको छैन्। उपचार गराउन पुगेका सेवाग्राही उपचार नपाउँदा सरकारप्रति आक्रोशित बनेका छन्। स्वास्थ्य सेवा बन्द हुँदा पनि यसतर्फ स्वास्थ्य मन्त्रालयले कुनै प्रतिक्रिया दिएको छैन।

null

‘नेपाल चिकित्सक संघबाट भाद्र २७ गते ७२ घण्टाको अल्टिमेटम दिई दोषीहरूलाई कानूनी कारवाही गर्न माग गरिएको थियो । सो घटनाका सम्बन्धमा नेपाल सरकारले सम्पूर्ण दोषीहरूलाई कानूनी दायरामा नल्याएको हुनाले नेपाल चिकित्सक संघ बाध्यताबस भाद्र ३१ गतेदेखि आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गर्न बाध्य भएको जानकारी गराइन्छ’, संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

विज्ञप्तिमा देशभरका सम्पूर्ण सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल कलेज, निजी अस्पाल तथा क्लिनिकहरूमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवाहरू पूर्ण रूपमा बन्द गरिने उल्लेख छ । संघले जारी गरेको विज्ञप्ति  भनिएको छ,‘बाध्यात्मक परिस्थितिमा घोषणा गरिएका आन्दोलनलाई पूर्ण रूपमा सफल तुल्याई संघका सम्पूर्ण मागहरूको कार्यान्वयन गराउनका लागि दबाब स्वरूप देशभरका सम्पूर्ण स्वास्थ्य संस्था, अस्पताल तथा मेडिकल कलेजहरू, नेपाल चिकित्सक संघका सम्पूर्ण शाखा कार्यालयहरू, सम्पूर्ण विशेषज्ञ समाजहरूलाई यसै विज्ञप्ति मार्फत यथोचित कार्यान्वयन गर्न गराउन सूचित गरिन्छ ।’

उनीहरुले सांघातिक घटनामा संलग्न सम्पूर्ण दोषीहरूको अबिलम्ब छानबिन गरी फौजदारी अभियोग तथा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन ऐन २०७९ बमोजिम कानूनी कारवाहीको सुनिश्चितता हुनुपर्ने र देशभरका स्वास्थ्य संस्थाहरूमा अनिवार्य रूपमा स्वास्थ्य संस्था सुरक्षाबलको व्यवस्था गरी भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्ने व्यवस्था अबिलम्ब मिलाउनु पर्ने माग गरेका छन्।

वीर अस्पताल परिसरमा आन्दोलनरत डाक्टर र उपचारको पर्खाइमा रहेका बिरामी । तस्बिर/ अभिषेक महर्जन

nullnullnullnullnullnullnull


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.