सुन-चाँदीको मूल्य बढ्यो
काठमाडौं : नेपाली बजारमा सुनको मूल्य ५ सय रुपैयाँले बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार ५ रुपैयाँले बढेर सुन प्रतितोला १ लाख ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।
तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ७५० रुपैयाँ पुगेको छ। अघिल्लो साताको अन्तिम दिन शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ११ हजार ८०० रुपैयाँ र तेजावी सुन १ लाख ११ हजार २५० रुपैयाँमा कारोबार भएको थियो
सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि बढेको छ। आज चाँदी प्रतितोला १४०० सय रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी १३९५ रुपैयाँमा कारोबार भएको थियो।
प्रतिक्रिया दिनुहोस !