शिक्षकको आन्दोलन फिर्ता, आइतबारबाट पठनपाठन सुचारु हुने

शिक्षकको आन्दोलन फिर्ता, आइतबारबाट पठनपाठन सुचारु हुने

काठमाडौं : सरकार र आन्दोलनरत शिक्षकबीच सहमति भएसँगै आइतबारबाट विद्यालय खुल्ने भएको छ। गृह मन्त्रालयमा शुक्रबार बेलुका सरकार र नेपाल शिक्षक महासंघका प्रतिनिधिबीच सहमति भएसँगै आइतबारबाट पठनपाठन सुरु हुने भएको हो।

शिक्षकको माग संसदबाटै संशोधन गरेर पूरा गर्ने सरकारले प्रतिबद्धता जनाएपछि शिक्षकले पनि आन्दोलन फिर्ता गर्ने सहमति गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन्। ‘शिक्षा विधेयक संसदमा दर्ता भइसकेको छ। विद्यालय शिक्षा विधेयकमा शिक्षकहरूका माग विधेयकमा समावेश गर्ने गरी शिक्षकहरूसँग सहमति भएको छ।’ शिक्षक महासंघको छलफलपश्चात उनले भनिन् , ‘सहमति भएसँगै शिक्षकहरूले पनि आन्दोलन स्थगित गर्नुहुन्छ।’ 

आज छलफलमा सरकारका तर्फबाट उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राई, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, सञ्चारमन्त्री रेखा शर्मा र नेपाल शिक्षक महासंघ, नेपाल राष्ट्रिय शिक्षक संगठन, नेपाल शिक्षक संघ, एकीकृत अखिल नेपाल शिक्षक संगठनका प्रतिनिधि सहभागी थिए।

शिक्षा विधेयकमा १८ बुँदे असहमति राख्दै तीन दिनदेखि आन्दोलनमा सहभागी हुन काठमाडौंमा विभिन्न जिल्लाबाट शिक्षक/शिक्षिका आएका थिए। सङ्घीय संसद्मा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकमा भएका कतिपय प्रावधानप्रति असन्तुष्टि जनाउँदै देशभरका शिक्षकले अनिश्चितकालिन आन्दोलन सुरू गरेका थिए। जसले गर्दा देशभरका सामुदायिक विद्यालय बन्द भएका हुन्।
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.