१९ औं एसियाली खेलकुदको भव्य उद्घाटन

१९ औं एसियाली खेलकुदको भव्य उद्घाटन

हाङ्चाओ (चीन) : १९औं एसियाली खेलकुदको भव्य उद्घाटन भएको छ। चीनका राष्ट्रपति सी चिनफिङले हाङ्चाओ ओलम्पिक स्पोर्ट्स सेन्टरमा आयोजित भव्य कार्यक्रममा १९औं एसियाली खेलकुदको उद्घाटन गरेका हुन्। ‘म १९औं एसियाली खेलकुद उद्घाटन भएको घोषणा गर्दछु’, राष्ट्रपति चिनफिङले भने। उद्घाटन समारोहमा चीनको प्राचीन, कला, संस्कृति, परम्परा झल्कने प्रस्तुति प्रस्तुत गरिएको थियो। विशेषगरी लाइटिङको प्रस्तुति मनमोहक थियो। 

चीनले तेस्रोपटक एसियाली खेलकुदको आयोजना गरेको हो। यसअघि सन् १९९० मा बेइजिङ र २०१० को गोङजाव एसियाली खेलकुद सफलतापूर्वक आयोजना गरेको थियो। उद्घाटन समारोहमा प्रतियोगितामा सहभागी ४५ देशका खेलाडी तथा पदाधिकारी गरी झन्डै १२ हजारले मार्चपास गरेका थिए। हाङ्चाओ एसियाली खेलकुदमा ओलम्पिकमा भन्दा पनि बढी खेलाडी सहभागी भएको चिनियाँ सञ्चार माध्यमले जनाएका छन्। हाङ्चाओ एसियाली खेलकुदमा १२ हजारभन्दा बढी खेलाडी सहभागी हुँदा अर्को वर्ष फ्रान्सको पेरिसमा हुने ओलम्पिकमा १० हजार पाँच सयको मात्रै सहभागिता रहने जनाइएको छ।

प्रतियोगिताको उद्घाटन समारोहको मार्चपासमा निमा घर्तीमगर र वीरबहादुर महराले नेपालको झन्डा बोकेका थिए। निमा उसुकी खेलाडी हुन् भने वीरबहादुर तेक्वान्दो खेलाडी हुन्। 

निमा १२औं र १३औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता हुन्। वीरबहादुरले १३औं सागमा स्वर्ण जितेका थिए। मार्चपासमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव तथा सेभ द मिसन टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, डेपुटी सेभ द मिसन अञ्जन धमला, चतुरानन्दराज वैद्य, विभिन्न संघका पदाधिकारी, नेपाल ओलम्पिक कमिटीका पदाधिकारीलगायत सहभागी भएका थिए। null

१९औं एसियाली खेलकुदमा चीनले आयोजकका रूपमा ड्रागन बोट रेस, सेपाकताक्रो र उसु समावेश गरेको छ। यस्तै भारतीय उपमहाद्वीपको लोकप्रिय खेल कबड्डी, नन ओलम्पिक खेल जुजित्सु र कुरासलाई समावेश गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.