सरकारको भूमिकालाई प्रभावकारी भएन: कांग्रेस

सरकारको भूमिकालाई प्रभावकारी भएन: कांग्रेस

काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूले सरकारको भूमिकालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्। पार्टी कार्यालय सानेपामा केही दिनदेखि जारी केन्द्रीय समिति बैठकमा धारणा राख्ने सदस्यहरूले पार्टीका तर्फबाट सरकारमा सहभागी भएर मात्रै नपुग्ने भन्दै सरकारको भूमिकालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका हुन्। 

उनीहरूले सरकारलाई जनमुखी र प्रभावकारी बनाउनका लागि प्रधानमन्त्रीलाई समेत आग्रह गर्नुपर्ने धारणा राखेका थिए। आइतबार सम्पन्न बैठकपछि प्रचार विभाग प्रमुख मीन विश्वकर्माले केन्द्रीय सदस्यहरूले जनतालाई प्रत्यक्ष महसुस हुने गरी सरकारको कामलाई प्रभावकारी बनाउनुपर्ने धारणा आएको जानकारी दिए। 

उनले निश्चित उद्देश्यका साथ बनाइएको गठबन्धनलाई निरन्तर अघि बढाउनुपर्ने धारणा कांग्रेसको रहेको बताए। सरकारले गरेको ठिक कामलाई जनतामाझ पुराउनुपर्ने र सरकारको कमी कमजोरीका बारेमा औंल्याउन सकिने उनको भनाइ छ। 

विश्वकर्माले अहिले गठबन्धनको सरकार भएकाले प्रधानमन्त्रीले सन्तुलित ढंगले लैजानुपर्ने र सन्तुलन गर्न नसके समस्या पर्ने जिकिर गरे। सरकार ढल्ने र नढल्ने विषय सरकारको कामकारबाहीमा भर पर्ने भए पनि सरकार परिवर्तनमा कांग्रेसले फर्केर नहेरेको उनको भनाइ छ। 

त्यस्तै केन्द्रीय समिति बैठकमा महासमिति बैठकको प्रभावकारिता, पार्टी कार्यक्रमको समीक्षाका साथै समसामयिक विषयमा धारणा राखेको विश्वकर्माले जानकारी दिए। केन्द्रीय कार्यसमिति बैठक सोमबार पुनः ११ बजे बस्ने कांग्रेसले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.