किसानका लागि करिब ३ करोडको कार्यक्रम

किसानका लागि करिब ३ करोडको कार्यक्रम

उदयपुर : कृषि ज्ञान केन्द्र उदयपुरले यस वर्ष किसानसँग प्रत्यक्ष जोडिने गरी करिब तीन करोड रकम खर्च गर्ने भएको छ।  आर्थिक वर्ष २०८०/८१ को वार्षिक कार्यक्रम सार्वजनिक गर्दै किसानलाई लाभ पुग्ने गरी २ करोड ७६ लाख १० हजार बजेट आएको जनाएको छ। 

निमित्त कार्यालय प्रमुख फूलमाया शेर्पाले यस वर्ष संघ र प्रदेशबाट कार्यालयलाई सबै शीर्षकमा गरी ४ करोड २२ लाख ५६ हजार बजेट आएको बताइन्। 

प्रदेशबाट आएको ४ करोड २ लाख ६८ हजारमध्ये किसानसँग जोडिने गरी २५ शीर्षकमा २ करोड ५६ लाख २२ हजार रुपैयाँ रहेको उनले बताइन्। त्यसैगरी संघीय सरकारले १९ लाख ८८ हजारको कार्यक्रम बजेट पठाएको छ।

प्रदेशको बजेटमध्ये सबैभन्दा बढि मागमा आधारित कार्यक्रम र बिउ प्रशोधन तथा गृह निर्माण ४०/४० लाख रहेको छ। त्यसैगरी व्यावसायिक फलफुल बगैंचा स्थापना र युवा लक्षित च्याउ, मह, तरकारी उत्पादनमा ३०/३० लाख रहेको छ। 

निमित्त प्रमुख शेर्पाका अनुसार जुट खेती प्रवर्द्धन, सेतो भटमास खेती विस्तार, मुख्यबाली क्रप कटिङ्ग, बाली संरक्षण, माटो परीक्षण, हरियो मल प्रर्वद्धन, मकै उत्पादन, नर्सरी स्थापना, गँड्यौला मल तथा प्रांगारिक मल सुधार, चैते धान संरक्षण, मुख्य राजमार्ग लक्षित तरकारी खेतीदेखि बालीको उत्पादन सम्बन्धी अध्ययन शीर्षकका कार्यक्रम रहेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.