पाल्पामा ८ वर्षपछि भेटियो स्थानीयरूपमै मलेरिया

पाल्पामा ८ वर्षपछि भेटियो स्थानीयरूपमै मलेरिया
सुन्नुहोस्

तानसेन : पाल्पामा स्थानीयरूपमै  १५ वर्षे किशोरमा मलेरिया रोग भेटिएको छ। पुर्वखोला गाउँपालिका-३ निवासी १५ वर्षे किशोरमा मलेरिया पुष्टि भएपछि ग्रामिण भेगमा त्रास छाएको छ। 

ती किशोरमा देखिएको मलेरिया अन्य मानिसबाट सरुवा नभई सोही स्थानमै लामखुट्टेको टोकाइबाट देखिएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र कुमार गिरीले बताए। संक्रमित किशोरको स्थानीय स्वास्थ्य चौकीमा असोज ५ गते परीक्षण गरी मलेरिया भएको पत्ता लागेपछि पुनः जिल्ला अस्पताल तानसेनमा परीक्षण गरी पुष्टि गरिएको थियो। निजलाई निशुल्करूपमा उपचारको व्यवस्था गरिएको छ। संक्रमित किशोरले १७ दिनसम्म औषधि सेवन गर्नुपर्ने छ। 

मलेरिया पुष्टि भएपछि जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले मलेरिया रोग संक्रमण पुष्टि भएका किशोरको घर वरिपरिका ५० घरका ९८ जनाको स्क्रिनिङ गरिएको मधुसुदन भट्टराईले बताए।

पाल्पामा आयातितरूपमा नभई स्थानीयरूपमा ८ वर्षपछि मलेरिया देखिएको हो। आयातित रुपको मलेरिया भने गत वर्ष ६ जना र यस वर्ष २ जनामा संक्रमण देखिएको थियो। सरकारले सन २०२५ भित्र नेपालबाट मलेरिया रोग उन्मुलन गर्ने लक्ष्य लिए पनि दिनहुँ मलेरियाका विरामीहरु बढ्दै गएपछि सरकारको लक्ष्यमा चुनौती थपिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.