कर्णालीमा शाहीलाई ‘सिग्नल’

कर्णालीमा शाहीलाई ‘सिग्नल’
सुन्नुहोस्

वीरेन्द्रनगर : नेकपा एमालेको बुधबारदेखि सुरु भएको प्रथम प्रदेश अधिवेशनको बिहीबार बन्दसत्र सुरु भएको छ। बिहीबार बिहान ८ बजेदेखि सुरु हुने भनिएको बन्दसत्र बेलुका ४ बजेबाट सुरु भएको हो। 

एमालेले कर्णालीमा पार्टीको नेतृत्व सर्वसहमतिमा गर्ने प्रयास जारी राखेका कारण बन्दसत्र ढिलाइ भएको एक केन्द्रीय सदस्यले बताए। उनले भने, ‘पार्टीको प्रथम प्रदेश अधिवेशनको बन्दसत्र बिहान ८ बजेबाट भनिएको थियो। तर, विभिन्न छलफल बहसका कारण बेलुका ४ बजेबाट मात्र सुरु भयो। पार्टीको प्रदेशको नेतृत्व सर्वसहमत रूपमा चयन गर्नका लागि व्यापक रूपमा छलफल भइरहेको छ। सहमति हुन नसक्ने अवस्था आएपछि मात्र निर्वाचनमा जाने तयारी छ।’

बन्दसत्र सुरु भएपछि पार्टी केन्द्रीय सचिव तथा कर्णाली प्रदेश ईन्चार्ज लेखराज भट्टको नेतृत्वमा अध्यक्ष मण्डल बनाइएको छ। उनले भने, ‘भट्टको संयोजकत्वमा ११ सदस्य अध्यक्ष मण्डल बनेको छ। जसको सदस्यमा यामलाल कंडेल, गोरखबहादुर बोगटी, मोहन बानीया, लक्ष्मी पोख्रेल, नगिन्द्र शाही, विष्णु रिजाल, निरज आचार्य, धर्मराज रेग्मी, चन्द विक, मोहनमाया ढकाल रहेका छन्। प्रदेशको नेतृत्व सर्वसहमतिमा चयन गर्ने प्रयास भए पनि नभए पार्टीका नेताहरू मीनबहादुर शाही र गुलाबजंग शाहबीच प्रतिस्पर्धा हुने भएको छ।’ निर्वाचन हुने अवस्था आए उम्मेद्वारहरूले शुक्रबार मनोनयन दर्ता गर्ने कार्यसूचि रहेको छ। 

एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार अधिवेशन उद्घाटन गरेका थिए। बिहीबार राजनीतिक प्रतिवेदनमाथि छलफल भइरहेको छ। बुधबार उद्घाटन सत्रपछि अध्यक्ष ओलीले शाहीलाई कर्णाली प्रदेशको अध्यक्ष बनाउनुपर्नेतर्फ संकेत गर्दै नेताहरूलाई लबिङमा जुट्न आग्रह गरिसकेको श्रोतले बताएको छ। ओली निकट श्रोतले भन्यो, ‘एमालेको प्रदेश अध्यक्षका लागि पार्टीका प्रदेश कमिटि सदस्य एवं समाजसेवी मीनबहादुर शाहीलाई प्रस्ताव गर्नुभएको छ। त्यसै प्रस्ताव माथि सबै नेताहरूले छलफल चलाइराख्नु भएको छ। सकभर सहमति हुन्छ। भएन भने निर्वाचन कार्यतालिका अनुसार चुनाव हुन्छ। शाही र शाह हार्दिकतापूर्वक चुनाव लड्नु हुन्छ।’ 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.