एमालेसँग मिलेर सरकार बनाउन कांग्रेस अग्रसर भएन : ओली

एमालेसँग मिलेर सरकार बनाउन कांग्रेस अग्रसर भएन : ओली
फाइल तस्बिर
सुन्नुहोस्

विराटनगर : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको सरकार देशका लागि दुर्भाग्य भएको बताएका छन्।

उनले वर्तमान गठबन्धन सरकारले अपराधि र तस्करलाई संरक्षण गर्न उद्धत भएकाले देशका लागि दुर्भाग्य भएको बताए । विराटनगरमा सुरु भएको एमालेको प्रथम प्रदेश अधिवेशलाई सम्बोधन गर्न उनी विराटनगर पुगेका हुन्। 

गठबन्धन सरकाराबाट देश र जनताले केही उपलब्धि नपाउने उनको भनाइ छ। आफूहरू २०८४ को मिसनमा लागेको बताउँदै उनले एमालेको चाहना सरकारमा जाने नरहेको आताए। एमाले र कांग्रेसको सरकार निर्माणका लागि सोच्ने तहमा कांग्रेस अग्रसर नभएको बताए। कांग्रेससँग मिलेर सरकार बनाउने र नबनाउने विषयमा भने केही कुरा नभएको उनले बताए। 

उनले प्रदेश अधिवेशनका क्रममा आफूले कसैलाई भोट दिन नभनेको दाबी गरे। 'न मैले फलानालाई भोट दिनू, फलानालाई नदिनू भनेको छु, न कार्यकर्ताले नमानेको स्थिति छ,' उनले भने। उनले सर्वसम्मत गर्नुपर्ने आफ्नो आश्य रहेको बताए। 'सके सर्वसम्मत गर्नुस्, नसके स्वस्थ प्रतिस्पर्धा गर्नुस् मात्र भन्ने गरेको छु,' उनले भने।

कोसी प्रदेश महाधिवेशनका लागि ९९७ प्रतिनिधि विराटनगर आइपुगेका छन्। प्रदेश कार्यसमितिले ५० जना प्रतिनिधि मनोनीत गर्न पाउने विषय विवादित रहेको छ। मनोनीत भए प्रतिनिधिको संख्या १ हजार ४७ पुग्ने छ। महाधिवेशनमा मोरङको लेटाङ नगरपालिकाका घनश्याम खतिवडा र विराटनगरका विनोद ढकाल मुख्य प्रतिस्पर्धी देखिएका छन्।     
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.