कर्णालीमा एमाले अधिवेशन : जुटेन सहमति, निर्वाचनका लागि कार्यतालिका सार्वजनिक

कर्णालीमा एमाले अधिवेशन : जुटेन सहमति, निर्वाचनका लागि कार्यतालिका सार्वजनिक
नेकपा एमाले कर्णाली प्रदेश अधिवेशनमा सहभागी नेता तथा कार्यकर्ताहरू । तस्बिर : बिस्नप्रसाद न्यौपाने
सुन्नुहोस्

वीरेन्द्रनगर : नेकपा एमालेको कर्णाली प्रदेश अधिवेशन निर्वाचनमा जाने संकेत देखिएको छ । बुधबारदेखि सुरू भएको प्रदेश अधिवेशनमा सहमतिमा नेतृत्व चयन गर्नका लागि प्रयास गरेपनि सहमति नभएपछि अन्तत: निर्वाचनमा लाने अवस्थामा पुगेको हो । 

अन्तिममा आएर नेकपा एमालेका पोलिटब्यूरो सदस्य गुलावजंग शाह र प्रदेश कमिटी सदस्य मीनबहादुर शाहीबीच चुनावी प्रतिस्पर्धा हुने लगभग पक्कापक्कीजस्तै भएको छ ।

एक नेताले भने,'प्रदेश अधिवेशन सहमतिमा गर्ने मुख्य नेताहरूको पहल निकै भएको हो । तर, अब सम्भव नहुने अवस्थामा आइपुगेको छ । सायद अब निर्वाचन हुन्छ । निर्वाचनमा प्रदेश अध्यक्षका लागि पार्टीका नेताहरू शाह र शाहीले स्वस्थ प्रतिस्पर्धा गर्नुहुन्छ । '

निर्वाचन कार्यतालिका सार्वजनिक 

सहमतिबाट नेतृत्व चयन गर्न नसकिएपछि एमाले प्रदेश अधिवेशनमा निर्वाचनका  लागि केन्द्रीय निर्वाचन आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । निर्वाचन आयोगका अनुसार शुक्रबार दिउँसो ३ बजे सबै प्रतिनिधिहरूको नामावली प्रकाशन, ३ : ३० बजेबाट दावी विरोध, ४ :३० बजे अन्तिम नामावली प्रकाशन, ४ : ३० बजेबाट उम्मेदवारी फारम वितरण, ४ : ३० बजेदेखि ६ : ३० बजेसम्म उम्मेदवारी दर्ता, बेलुका ७ बजेसम्म नामावली प्रकाशन, ७ देखी ७ : ३० बजेसम्म दाबी विरोध, ९ :३० बजे अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिकामा उल्लेख छ।  कार्यतालकाअनुसार  ९ : ३० बजेदेखि शनिबार बिहान ८ : ३० बजेसम्म उम्मेदवारी फिर्ताको समय,शनिबार दिउसो १२ : ३० बजेदेखि साँझ ६ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ । 

निर्वाचन आयोगले प्रदेश कमिटीका लागि निर्वाचन कलष्टर पनि छट्याएको छ । प्रदेश सभामा २४ निर्वाचन क्षेत्र रहेको कर्णालीमा अध्यक्ष एक, उपाध्यक्ष एक, सचिव एक, उपसचिव दुई जना गरेर ५ पदाधिकारी र १ सय २५ सदस्यको कलष्टर तय गरेको हो । 

निर्वाचन आयोगका अनुसार हरेक प्रदेश निर्वाचन क्षेत्रबाट २ जना पुरुष,एक जना महिला गरी ७२ जना, दलिय सदस्य खुला १५ जना, ४० वर्ष मुनिका ३ पुरुष एक महिला, जनजाति ८ जना, ४० वर्ष मुनिका १ पुरुष, एक महिला, खुला सदस्य २९ जनामा ४० वर्ष मुनिका ४ पुरुष २ महिला गरी जम्मा प्रदेश कमिटीमा ४१ जना महिला र ८१ पुरुष गरी १ सय ३० जनाको पदमा निर्वाचन हुनेछ।

 

     
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.