पहिरोको जोखिममा म्याग्दीको महभिर गाउँ

पहिरोको जोखिममा म्याग्दीको महभिर गाउँ
म्याग्दीको मालिका गाउँपालिका–४ महभिरको पहिरो निरिक्षण गर्दै गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जाली । तस्बिर : सन्तोष गौतम
सुन्नुहोस्

बेनी : म्याग्दीको मालिका गाउँपालिका–४ को महभिर गाउँ पहिरोको जोखिममा परेको छ । वस्तीमाथिको पाखोबाट खसेको पहिरोले दुई घर भत्किनुका साथै खानेपानी र सडक आयोजनामा क्षति पुगेको छ ।

काले कामी र तुलबहादुर घर्तिको घर भत्किएको र १३ घर जोखिममा परेको वडा सदस्य गर्वे गुरुङले जानकारी दिए ।  ‘पहाडको फेदीबाट शुरू भएको दुईवटा पहिरो फेदीमा रहेको रितुङखोलासम्म पुगेको छ,’उनले भने, ‘टंकी, मुहान र पाइपलाइनमा क्षति पुगेकाले २५ घरधुरीले प्रयोग गर्ने खानेपानी आयोजना अवरुद्ध भएको छ ।’

फुलवारी–महभिर–च्युरीबोट सडक अवरुद्ध भएको छ । पहिरोले गाउँको बिचमा ठुला- ठुला खोल्सी बनाएको छ । खोल्सा छेउछाउको जमिन चिरा चिरा भएको छ । दुई सय रोपनीभन्दा बढी खेतीयोग्य जमिनमा पनि पहिरोले क्षति गरेको छ । 

गत बुधबार राति आएको पहिरोले तुलबहादुरको गोठमा रहेका एक राँगो र एक गोरु मरेका थिए । ‘हामी त्यो दिन घरमा नभएकाले पहिरोबाट बचियो,’तुलबहादुरले भने, ‘११ जनाको परिवार आफन्तकोमा आश्रय लिएर बसेका छौं।'

काले कामीले पहिरोले पुरिएको बाहेक अर्को ठाउँमा रहेको घडेरीमा पनि पहिरोको जोखिम भएकाले कहाँ बस्ने भन्ने चिन्ताले सताएको बताए । 

पूर्णदेवी घर्ती, सहबहादुर घर्ती, सहबहादुर सुनार, लालबहादुर कामी, तिलक कामी, गोेरे कामी, पोविसरा सुनार, वीरबहादुर कामी, मुक्तिराम सुनार, कुलप्रसाद घर्ती, भिमप्रसाद सुनार, रहमन घर्ती र कुमारी घर्तिको घर जोखिममा रहेका वडा सदस्य गुरुङले बताए ।  

सो ठाउँमा गत हिउँदमा पनि सुख्खा पहिरो खसेर एक वटा घरमा क्षति गरेको थियो । पहिरो प्रभावित क्षेत्रको बिहिबार गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जालीले निरीक्षण गरेका थिए । 

‘पहिरोबाट घरवास गुमाएकालाई जिल्ला प्रशासन कार्यालय मार्फत् राहतको व्यवस्था हुन्छ,’उनले भने, ‘घर पुनरनिर्माणका लागि तिनै तहका सरकारको साझेदारीमा पाँच लाख रुपैयाँका दरले अनुदान उपलब्ध गराउने व्यवस्था भएकाले सोही अनुसार सहयोग गर्छौं ।’

तत्कालीन रुपमा खानेपानी आपुर्ति र सडक मर्मत तथा पहिरोबाट थप क्षति हुन नदिने र दिर्घकालिन रुपमा पहिरो नियन्त्रण तथा वस्ती संरक्षण अथवा स्थानान्तरण गर्न मन्त्री जुग्जाली र मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाबीच छलफल भएको छ । 

यसैबीच मन्त्री जुग्जालीले गत सोमबार बाटोमा हिँडिरहेको अवस्थामा माटोको ढिस्कोले पुरिएर ज्यान गुमाएका मालिका गाउँपालिका–२ बेलीका तिर्थबहादुर विकका परिवारसँग पनि भेटघाट गरेका छन् । विपद् प्रभावितलाई राहत उपलब्ध गराउने कार्यविधिअनुसार प्रदेश सरकारले जिल्ला प्रशासन कार्यालयमार्फत् विकको परिवारलाई दुई लाख रुपैयाँ सहयोग गर्ने मन्त्री जुग्जालीले जानकारी दिए । 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.