कर्णाली एमाले अधिवेशन : शाही र सिंहले लिए उम्मेद्वारी फिर्ता

कर्णाली एमाले अधिवेशन : शाही र सिंहले लिए उम्मेद्वारी फिर्ता
अध्यक्षको उम्मेद्वारी फिर्ता लिएका पूर्व मन्त्री प्रेमबहादुर सिंह र पूर्व सभामुख राजबहादुर शाही। तस्बिर : बिस्नप्रसाद न्यौपाने।
सुन्नुहोस्

विरेन्द्रनगर : नेकपा एमाले कर्णाली प्रदेश कमिटी अध्यक्ष पदका उम्मेदवार कालिकोटका प्रेमबहादुर सिंह र दैलेखका राजबहादुर शाहीले आफ्नो उम्मेद्वारी फिर्ता लिएका छन्। कालिकोटका शाही पूर्वमन्त्री र दैलेखका शाही पूर्व प्रदेश सभाका सभामुख हुन्। 

उनीहरुले प्रदेश कमिटी अध्यक्षका उम्मेद्वार मीनबहादुर शाहीलाई सघाउने भन्दै उम्मेदवारी फिर्ता लिएको एमाले एक केन्द्रीय सदस्यले बताए। अब अध्यक्ष पदको लागि कालिकोटका मीनबहादुर शाही, प्रकाश रोकाया र सल्यानका गुलावजंग शाह गरी तीन जना उम्मेद्वार निर्वाचनको तयारीमा छन्। 
  

यस्तै सचिवमा दैलेखका रुद्रबहादुर शाही र सुर्खेतका ध्रुवकुमार शाहीबीच प्रतिस्पर्धा हुने भएको छ। यसअघि सचिवमा उम्मेदवारी दिएका सुर्खेतका डण्डीप्रसाद शर्माले सचिवमा रुद्रबहादुर शाहीलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएपछि दैलेखका रुद्र र सुर्खेतका धुव्रबीच प्रतिस्पर्धा हुने भएको हो। 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.