कर्णालीमा एमाले अधिवेशन : मतदान अझै अन्यौल

कर्णालीमा एमाले अधिवेशन : मतदान अझै अन्यौल
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

वीरेन्द्रनगर : नेकपा एमाले कर्णाली प्रदेश अधिवेशनको मतदान अझै सुरू भएको छैन । आइतबार बिहान ८ बजेदेखि मतदान हुने भनिए पनि मतपत्रमा कलष्टर त्रुटि भएकाले मतदान कार्य लम्बिएको हो । प्रदेश अधिवेशनका उम्मेदवार र  समर्थकहरू अधिवेशन स्थलमा प्रचारप्रसार गरिरहेका छन् ।

 उनीहरू छिटो मदतानको पक्षमा छन् । एमालेको प्रदेश अध्यक्षका लागि नेकपा एमालेका नेता मीनबहादुर शाही, गुलावजंग शाह र प्रकाश राकाया चुनावी मैदानमा छन् ।  नेता प्रेमबहादुर सिंह,राजबहादुर शाहीले अध्यक्षमा उम्मेदवारी दिएपनि फिर्ता लिइसकेका छन् ।

यस्तै प्रदेश कामिटीको उपाध्यक्षमा दानिसंह परियार, टेकराज पछाई र लालबहादुर महतरा चुनावी प्रतिस्पर्धामा छन् । सचिवमा रुद्रबहादुर शाही,ध्रुवबहादुर शाही,उप–सचिव खुलामा नारायणकुमार शाह, रविन्द्रराज शर्मा,रमेशकुमार शाही, बखतबहादुर भण्डारी,कमल शाही, धिरेन्द्रराज गिरी, तेजकुमार विक, उप–सचिव समावेशिमा मेनका पछाइ र पद्मा खड्का चुनावी मैदानमा छन् ।

यस्तै लेखा आयोगको अध्यक्षमा जितबहादुर मल्ल, दीर्घराज न्यौपाने र सुरज थापा प्रतिस्पर्धा गर्दैछन् । निर्वाचन आयोगले त्रुटि भएको मतपत्र सच्याएर छपाइ भइरहेकाले अबको केही समयभित्र मतदान सुरू हुने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.