एमालेको कर्णाली प्रदेश अधिवेशनमा ६०९ मत खस्यो

एमालेको कर्णाली प्रदेश अधिवेशनमा ६०९ मत खस्यो
एमालेको प्रदेश अधिवेशनमा मतदान गर्न लाइनमा रहेका प्रतिनिधिहरु। तस्बिर : बिस्नप्रसाद न्यौपाने

वीरेन्द्रनगर : नेकपा एमाले कर्णाली प्रदेश अधिवेशनमा ६०९ मत खसेको छ। कर्णालीको प्रथम प्रदेश अधिवेशनका लागि छनोट भएका कूल ६१६ जना प्रतिनिधिमध्ये ६०९ जनाले मतदान गरेका हुन्। 

गत बुधबारदेखि सुरु भएको प्रदेश अधिवेशनमा नेताहरुले सहमतिमै नेतृत्व चयनको प्रयास गरेपनि सफल हुन नसकेपछि निर्वाचनका लागि मतदान भएको हो। मतदानस्थलमा पाँच दिनसम्म प्रतिनिधिहरु आफ्नो मताधिकार प्रयोग गर्ने अवसरको पर्खाइमा थिए। पटक-पटक मतदान सारेर आइतबार दिउँसो १ बजेदेखि सुरु भएको मतदान साँझ ९ बजे सकिएको हो।

एमालेको प्रदेश कमिटी अध्यक्षका लागि नेता मीनबहादुर शाही, गुलावजंग शाह र प्रकाश रोकाया प्रतिस्पर्धामा उत्रिएका छन्। जसमा शाही गोरख बोगटी समूह, शाह यामलाल कंडेल समूह र रोकाया स्वतन्त्र उम्मेद्वार हुन्। एमालेका नेता प्रेमबहादुर सिंह, राजबहादुर शाहीले अध्यक्षमा उम्मेदवारी दिएपनि फिर्ता लिने समयमा फिर्ता लिइसकेका थिए। 

यस्तै प्रदेश कमिटीको उपाध्यक्षमा दानिसंह परियार, टेकराज पछाई र लालबहादुर महतरा चुनावी प्रतिस्पर्धामा छन्। सचिवमा रुद्रबहादुर शाही र ध्रुवबहादुर शाही, उप–सचिव खुलामा नारायणकुमार शाह, रविन्द्रराज शर्मा, रमेशकुमार शाही, बखतबहादुर भण्डारी, धिरेन्द्रराज गिरी, तेजकुमार विक, उप–सचिव महिलामा मेनका पछाइ र पद्मा खड्का उम्मेदवार बनेका छन्। 

यस्तै लेखा आयोगको अध्यक्षमा जितबहादुर मल्ल, दीर्घराज न्यौपाने र सुरज थापाले उम्मेदवारी दिएका छन्। आइतबार राति ९ बजे मतदान सकिएको भएपनि मतगणना भने सोमबार बिहान ८ बजेबाट गर्ने निर्वाचन मण्डलका सदस्य एवं पार्टी केन्द्रीय सदस्य नगिन्द्र शाही नेशनलले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.