कबड्डीमा पदकको आशा

कबड्डीमा पदकको आशा

हाङचाओ : चीनको हाङचओमा जारी १९औं एसियाली खेलकुदको १०औं दिन नेपालले कबड्डीमा पदकको आशा जगाएको छ। सोमबार भएको महिला कबड्डीमा बंगलादेशलाई ३७–२४ ले पराजित गरेसँगै नेपालको पदक जित्ने सम्भावना बलियो बनेको हो। 

सात टोली सहभागी महिला कबड्डीमा साविक विजेता इरानसँगै नेपाल र बंगलादेश समूह ‘बी’मा छन्। यस्तै समूह ‘ए’ मा दक्षिण कोरिया, भारत, चाइनिज ताइपेई र थाइल्यान्ड छन्।

अन्तिम चारमा पराजित हुने दुवै टोलीले पदक पाउने ब्यवस्था रहेकाले नेपालले कम्तीमा कांस्य पदक पक्का गर्ने विश्वास गरिएको छ। लगातार स्वर्ण जित्ने अभियानमा रहेको इरान समूहमा बलियो टोली भएकाले बंगलादेशलाई पराजित गरेमा  नेपाल समूह उपविजेताका रुपमा सेमिफाइनलमा पुग्ने छ। 

चियोसन गुवाली स्पोर्ट्स सेन्टरमा सोमबार भएको समूह ‘बी’ को पहिलो खेलमा नेपालले अर्को दक्षिण एसियाली राष्ट्र बंगलादेशलाई ३७–२४ ले पराजित गरेको हो। पहिलो हाफमा २१–१६ को अग्रता लिएको नेपालले दोस्रो हाफमा १६–८ ले एकपक्षीय जित निकालेको थियो। नेपालले समूहको अर्को खेल मंगलबार इरानसँग खेल्नेछ। 

बंगलादेशलाई पराजित गर्नासाथ नेपाली खेलाडीले कोर्टमै खुसीयाली मनाएका थिए। उनीहरूले राष्ट्रिय झन्डा बोकेर कोर्टको चारैतिर घुमेका थिए। सन् २०१९ मा नेपालमै सम्पन्न १३औं दक्षिण एसियाली खेलकुदमा नेपालले बंगलादेशलाई ३६–२५ ले पराजित गरेको थियो। नेपालले उक्त संस्करणमा फाइनलमा भारतसँग पराजित हुँदै रजत पदकमा सीमित बनेको थियो।

मेनुका राजवंशीको कप्तानीमा रहेको नेपाली महिला कबड्डी टोलीले हाङचाओ आउनुअघि भारतमा एक महिना बैदेशिक प्रशिक्षण गरेको थियो। नेपाली टोलीमा अनुजा राई, जयन्ती बडु, गंगा घिमिरे, रबिना चौधरी, अर्पणा चौधरी, सिर्जनाकुमारी थारु, कलावती पन्त, इशा राई, सुनिता थापा, नीतु गुरुङ र मनमति विष्ट छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.