स्वास्थ्य क्षेत्रमा हुने अवाञ्छित गतिविधि नियन्त्रण गर्न सरकार दृढ : प्रधानमन्त्री

स्वास्थ्य क्षेत्रमा हुने अवाञ्छित गतिविधि नियन्त्रण गर्न सरकार दृढ : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले देशमा सुशासन,समृद्धि र सामाजिक न्यायको नयाँ वातावरण सिर्जना गर्ने लडाइँमा सिंगो देश एक ठाउँमा उभिन जरूरी रहेको बताएका छन्।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको चौँथो दीक्षान्त समारोहलाई बिहीबार काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले संघर्षको बलमा पूरानो व्यवस्था परिवर्तन गरेपनि पूराना नीति, संरचना, संस्कार, संस्कृति र कार्यशैली पूरै बदलिन नसकेको  बताए। 

देशमा सुशासन,समृद्धि र सामाजिक न्यायको नयाँ वातावरण सिर्जना गर्ने लडाइँमा सिंगो देश एक ठाउँमा उभिन जरूरी रहेको उनको भनाइ छ। प्रधानमन्त्री प्रचण्डले पूरानो व्यवस्थाले थुपारेको फोहोर सफा गर्ने काम सजिलो नभएपनि सुशासनका निम्ति,समृद्धिका निम्ति,सामाजिक न्यायका निम्ति दृढतापूर्वक अगाडि बढ्नुको अर्को कुनै विकल्प नरहेको जिकिर गरे। 

उनले बिरामीको उपचारमा क्रियाशील स्वास्थ्यकर्मीमाथि भइरहेका शृङ्खलाबद्ध आक्रमणलाई आफूले गम्भीर रूपमा लिएको भन्दै स्वास्थ्यजस्तो अतिसंवेदनशील क्षेत्रमा हुने कुनै पनि प्रकारका अवाञ्छित गतिविधि नियन्त्रण गर्न सरकार दृढ रहेको जिकिर गरे।

प्रधानमन्त्री प्रचण्डले राज्यका सम्पूर्ण अङ्गले नियन्त्रणमुखी नभइ प्रवद्र्धनमुखी र सेवामुखी भएर काम गर्न जरूरी रहेको बताए। प्रधानमन्त्री प्रचण्डले संविधानप्रदत्त स्वास्थ्यसम्बन्धी हकको कार्यान्वयनका लागि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान जस्ता सरकारी संरचनाको भूमिका सबैभन्दा महत्वपूर्ण रहेको बताए ।

कार्यक्रममा स्नातकोत्तर र स्नातक तहका पाँच सय ४१ जनालाई दीक्षित गरिएको थियो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.