विशालको दुर्लभ कीर्तिमान

विशालको दुर्लभ कीर्तिमान
सुन्नुहोस्

हाङचाओ : चीनको हाङचओमा जारी १९औं एसियाली खेलकुदको भारोत्तोलनमा नेपालका विशालसिंह विष्टले दुर्लभ कीर्तिमान स्थापित गरेका छन्। चियोसन स्पोर्ट्स सेन्टर जिम्न्याजिममा बिहीबार भएको पुरुष ९६ केजी तौलसमूहमा विशालले तीन राष्ट्रिय कीर्तिमानसहित कुनैपनि नेपाली खेलाडीले कुलमा पहिलोपटक ३०१ केजी वजन उठाउने अर्को दुर्लभ कीर्तिमान पनि स्थापित गरेका हुन्। 

यसअघि कुनै पनि नेपाली भारोत्तोलकले कुनै पनि तौलसमूहमा जम्मामा तीन सय केजीसम्मको भार बहन नगरेको भारोत्तोलन टोलीका व्यवस्थापकसमेत रहेका नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठले जानकारी दिए।

विशालले स्न्याचमा १३३ केजी, क्लिन एन्ड जर्कमा १६८ केजी र कुलमा ३०१ केजी भार बहन गर्दै आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमानमा सुधार गरेका थिए। स्न्याचमा १२६ केजी, क्लिन एन्ड जर्कमा १६५ केजी र कुलमा २९१ केजीको राष्ट्रिय कीर्तिमान विशालकै नाममा थियो। उनले उक्त कीर्तिमान केही साताअघि साउदी अरेबियाको रियादमा भएको विश्व भारोत्तोलन च्याम्पियनसिपमा बनाएका थिए।

स्न्याचमा भने विशालले दोस्रो लिफ्टमा नै १२७ केजी तौल उठाउँदै राष्ट्रिय कीर्तिमान स्थापित गरिसकेका थिए। पहिलो लिफ्टमा विशालले १२१ केजी तौल उचालेका थिए। त्यस्तै क्लिन एन्ड जर्कमा विशालले पहिलो लिफ्टमा १६१ केजी वजन उठाएका थिए। दोस्रो लिफ्टमा विशालले १६८ केजी वजन उचालेर राष्ट्रिय कीर्तिमान रचेपछि तेस्रो लिफ्टमा कीर्तिमान सुधार गर्ने प्रयासमा १७५ केजी तौल लोड गर्न लगाएका थिए। त्यसमा उनी सफल भएनन्। 

नेपालबाट पाँच खेलाडी सहभागी भारोत्तोलनमा नेपालको अन्तिम दिन शनिबार सागर भण्डारीले चुनौती प्रस्तुत गर्ने छन्। यसअघि विकास भट्ट र शारदा चौधरीले नेपालको चुनौती प्रस्तुत गरिसकेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.