मदन भण्डारी राजमार्गअन्तर्गत तम्घास सिमलटारी सडक जीर्ण

मदन भण्डारी राजमार्गअन्तर्गत तम्घास सिमलटारी सडक जीर्ण
सुन्नुहोस्

गुल्मी : गुल्मीको मदन भण्डारी राजमार्ग अन्तर्गत तम्घास सिमलटारी सडक दिनानुदिन जीर्ण बन्दै गएको छ। कालोपत्रे भएको चार वर्षमै विभिन्न ठाउँका सडकमा खाल्डाखुल्डी परेका छन्। सडक मर्मत सम्भारको अभावमा सडकका नालीमा कतै घाँस उम्रिएको छ त कतिपय ठाउँका नाली माटो र ढुङ्गाले पुरिएका छन्। 

पछिल्लो समय सडक जीर्ण बन्दै जान थालेपछि यात्रु र सवारी चालकलाई आवतजावतमा सास्ती पुगेको छ। अर्खलेदेखि छल्दीपनाह खोलासम्मको सडक यतिबेला निकै समस्या छ। मदन भण्डारी राजमार्गको सडक बिग्रिएपछि दिनरात यात्रामा समस्या थपिएको सवारी चालक प्रदीप जिसीले बताए। 

उक्त सडक जिल्लाको सदरमुकाम तम्घास बजारदेखि सिमलटारीसम्म २९ किलोमिटर छ। अर्खलेदेखि छल्दीपनाह खोलासम्मको नौ किलोमिटर सडक अझ बिग्रिएको छ। सडक कालोपत्रे भएको केही वर्षमै यतिबेला सडक चिरिएको मात्रै छैन नाली र सडकको छेउछाउमा घाँस नै उम्रिएको छ। 

यस सडकमा साना ठूला गरी सयौं सवारीसाधन दैनिक आवातजावत गर्ने गर्छन्। २०७६ सालमा तम्घासदेखि सिमलटारीको २९ किलोमिटर सडक कालोपत्रे भएको थियो। सडक कालोपत्रेले यात्रु र सवारी चालकमा उत्साह थपिए पनि सडक जीर्ण अवस्थामा पुग्न थालेपछि उनीहरूमा थप निरासा छाएको छ। 

सडक कालोपत्रे भएपछि यसको मर्मत र सम्भारमा कसैको चासो नहुँदा ग्रामीण क्षेत्रबाट बिरामी बोक्न र रातको समयमा आउजाउमा समस्या भएको सवारी चालक सुबोध थापा बताउँछन्। सवारी चालक थापा भने, 'मदन भण्डारी राजमार्गको सडकमा प्रायः स्थानीयदेखि संघीय जनप्रतिनिधि आउजाउ गर्छन् तर यसको मर्मतमा कसैको चासो छैन। सडकको दुर्दशाले नेतादेखि सम्बन्धित सरोकारवाला निकायलाई गिज्जाई रहेको छ।'

२०७१ सालमा तम्घास अर्खलेदेखि छल्दीपनाह खोलासम्मको १० किलोमिटर सडक कालोपत्रेको जिम्मा कालिका प्यासिफिक जेभी काठमाडौंले पाएको थियो। राजमार्ग अन्तर्गतकै छल्दीदेखि चौरासीसम्मर जेभी काठमाडौले सडक कालोपत्रेको जिम्मा पाएको थियो।  

सबै निर्माण कम्पनीले सडक कालोपत्रेको काम सम्पन्न गरेर मदन भण्डारी राजमार्ग योजना कार्यालयलाई हस्तान्तरण गरेका थिए। तर, तम्घास अर्खलेदेखि छल्दी खोलासम्मको सडकको जिम्मा लिएको कालिका प्यासिफिक जेभी काठमाडौंले हालसम्म कार्यालयलाई बुझाउन सकेको छैन।  
 
हालसम्म पूर्ण काम सम्पन्न नभएकाले सडक हस्तान्तरण हुन नसकेको मदन भण्डारी राजमाग योजना कार्यालय गुल्मीले जनाएको छ।  वर्षातको समय र सडकको हस्तान्तरण नभएकाले यसको मर्मत र सम्भारमा सरोकारवालाको कम चासो देखिएको हुनसक्ने कतिपयले आकलन गरेका छन्। सडक अस्तव्यस्त हुँदा राजमार्गको नाम नै बदनाम जस्तै भएको मात्रै छैन सडक बिग्रेर यात्रमा थप कठिनाइ पुगेको यात्रु बताउँछन्। 

काम सकेको दावी निर्माण व्यवसायीले गरे पनि हालसम्म हस्तान्तरण हुन सकेको छैन। आफूलाई लागेको जरिवाना र बाँकी काम सम्पन्न गरेर हस्तान्तरण गर्न कार्यालयले निर्माण व्यावसायीलाई आग्रह गरेको थियो। 

तर, तोकिएको समयमै काम सम्पन्न गरेको दावीसहित निर्माण व्यवसायीले कार्यालय विरुद्ध अदालतमा मुद्दा दायर सूचना अधिकारी दुर्गा गौतमले जानकारी दिए। 

निर्माण व्यवसायीले राखेको मुद्दा उपर अदालतमा मध्यस्थता कर्ताको निर्णय चित्त नबुझेपछि दुवै पक्ष उच्च अदालत पुगेका छन्। अवरुद्ध सडक खुलाउने बाहेकका अन्य काम अदालतको फैसला अनुरूप गर्ने कार्यालयका सूचना अधिकारी गौतमले बताए। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.