स्थानीय तहका कर्मचारीको आन्दोलनले अन्य कार्यालयका सेवासमेत प्रभावित

स्थानीय तहका कर्मचारीको आन्दोलनले अन्य कार्यालयका सेवासमेत प्रभावित
सुन्नुहोस्

परासी : स्थानीय तहका कर्मचारीहरूको अनिश्चितकालीन आन्दोलनका कारण नवलपरासीमा रहेका अन्य सरकारी कार्यालयहरूको कामकाज समेत प्रभावित बनेको छ। 

अत्यावस्यक बाहेकका अन्य सेवा ठप्प पारेर आन्दोलन गर्दै आएका नवलपरासीका स्थानीय तहका कर्मचारीहरूले आइतबारदेखि ‘पेन डाउन’ भन्दै सबै काम रोकेर आन्दोलनमा उत्रिएको स्थानीय तह कर्मचारी संघर्ष समिति नवलपरासीका सहसंयोजक सञ्जय शर्माले बताए। 

जिल्लाका सात वटै स्थानीय तहका कर्मचारीहरूले हातमा कालो पट्टी बाँधर पालिकाका मुल गेटमा धर्ना दिएका छन्। काम रोकेपछि सेवाग्राहीहरू मर्कामा परेका छन्। स्थानीय तहबाट हुने विभिन्न कामको सिफारिस, राजश्व संकलन लगायतका काम रोकिएपछि जिल्ला प्रशासन, मालपोत, नापीलगायत सेवाग्राहीहरूको बढी चाप हुने कार्यालयको काम प्रभावित बनेको हो। 

वडा र पालिकाहरूबाट आवश्यक पर्ने सिफारिस लगायतका काम रोकिएपछि ती कार्यालयहरूमा सेवाग्राहीको उपस्थिति पनि न्यून देखिएको छ। 

संघीय निजामती ऐनको सट्टा एकीकृत निजामती ऐन जारी गरिनुपर्ने, संघीय, प्रदेश र स्थानीय सेवाको पदमा वहाल रहेका स्थायी कर्मचारीहरूलाई निजामतीको परिभाषाभित्र समेटिनुपर्ने, तीनवटै तहमा तहगत प्रणाली लागू गरिनुपर्ने, स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको पद स्थानीय सेवाको नै रहने व्यवस्था गरिनुपर्नेलगायत १४ बुँदे माग राखेर स्थानीय तहका कर्मचारीहरू आन्दोलित छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.