गुल्मीमा चाडपर्व लक्षित गरेर नागरिक सहायता कक्षको स्थापना

गुल्मीमा चाडपर्व लक्षित गरेर नागरिक सहायता कक्षको स्थापना
सुन्नुहोस्

गुल्मी : चाडपर्व लक्षित गरेर गुल्मीको सदरमुकाम तम्घाससहित जिल्लाका विभिन्न ठाउँमा नागरिक सहायता कक्षको स्थापना गरिएको छ। दसैं तिहार पर्वमा हुने दुर्घटना र आपराधिक गतिविधि न्यूनीकरण गर्न उद्देश्यसहित जिल्लाका विभिन्न स्थानमा नागरिक सहायता कक्षको स्थापना गरिएको हो।

जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालय गुल्मीले चाडपर्वलाई लक्षित गरेर आइतबारदेखि नागरिक सहायता कक्ष सञ्चालन गरेको प्रहरीले जनाएको छ। 

गुल्मीको सदरमुकाम तम्घासको बुढाथोकी बसपार्क र उदिनढुंगा बसपार्क, जोहाङ्ग, वामी, रिडी बसपार्क, श्रृंगा लगायतका ठाउँमा नागरिक सहायता कक्षको स्थापना गरिएको छ। 

चाडपर्वको समयमा यात्रुको सहज र सुरक्षित आवागमनको व्यवस्था गर्न जिल्लाका विभिन्न ठाउँमा नागरिक सहायता कक्षको स्थापना जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक नवीन किशोर प्रधानले जानकारी दिए। 

चाडपर्वको समयमा सवारीको सिट क्षमता अनुसार यात्रु, सामान बोक्न, सहज यात्राका लागि यात्रु र सम्बन्धित यातायात व्यवसायी संघ, संस्थासँग समन्वय गरेर काम गर्ने प्रहरीले जनाएको छ। 

चाडपर्वको समयमा यात्रा गर्दा नागरिकले अनावश्यक सास्ती भोग्नुपर्ने, लुटिने,कुटिने र चर्को मूल्य तिर्नुपर्ने  बाध्यता आएमा सिधै प्रहरीलाई खबर गर्न समेत प्रहरी उपरीक्षक प्रधानले आग्रह गरेका छन्। 

यात्रुहरूलाई सजग र सुरक्षित यात्राका लागि समय समयमा माइकिङ गर्ने प्रहरीले जनाएको छ। हेल्प डेक्स मार्फत चोविसैं घण्टा विभिन्न ठाउँमा ट्राफिक प्रहरी खटिएर सेवा प्रवाह गर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रमुख कृष्णप्रसाद आचार्यले जानकारी दिए। 

यात्रुहरूलाई सजग र सुरक्षित यात्राका लागि समय समयमा माईकिङ गर्ने प्रहरीले जनाएको छ। नागरिक सहायता कक्षमा नागरिकले आफ्ना समस्या र गुनासाहरू पनि राख्न सक्नेछन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.