रसुवामा विद्युतीय राहदानी सेवा संकलन स्थगित
काठमाडौं : जिल्ला प्रशासन कार्यालय रसुवामा विद्युतीय राहदानी सेवा संकलन स्थगित स्थगित भएको छ।
विद्युतीय राहदानीका लागि बायोमेट्रिक संकलन लगायतको कार्य गर्न केन्द्रीय सिस्टममा प्राविधिक समस्या उत्पन्न भई सो कार्य सुरु गर्न नसकिएकाले अर्को सूचना प्रकाशन नहुँदासम्मका स्थगित गरिएको हो।
निमित्त प्रमुख जिल्ला अधिकारी लोकेन्द्र ज्ञवाली सोमबार विज्ञप्ति जारी गर्दै सेवा स्थगित भएको जानकारी दिए। उनका अनुसार राहदानी सम्बन्धी सम्पूर्ण कार्य स्थगन भएको छ।
प्रतिक्रिया दिनुहोस !