कांग्रेस संसदीय दलको बैठक आज बस्दै
काठमाडौं : सत्तारूढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज दिउँसो बोलाइएको छ। कांग्रेस संसदीय दलको बैठक नयाँ बानेश्वर संसदीय दलको कार्यालयमा बस्न लागेको हो।
प्रमुख सचेतक रमेश लेखकका अनुसार बैठकमा विद्युत् सम्बन्धी विधेयक, मुलुकको समसामयिक राजनीतिक अवस्था, इजरायलमा भएको आक्रमण र त्यसबाट इजरायलमा रहेका नेपाली नागरिकले झेल्नु परेको विषम परिस्थितिका बारेमा छलफल हुनेछ।
कांग्रेसले आइतबार बिहान संसदीय दलको बैठकमा विशेषज्ञ र विज्ञसँग विद्युत् सम्बन्धी विधेयकमाथि छलफल गरेको थियो।
आज विधेयक बनाउनेक्रममा सरकार पदाधिकारीलाई पनि बोलाएर छलफल हुने र संसदमा संशोधन प्रस्ताव राख्ने कांग्रेसको तयारी छ।
प्रतिक्रिया दिनुहोस !