स्वास्थ्य स्वयंसेविकालाई साइकल
बुटवल : रुपन्देहीको तिलोत्तमा नगरपालिका-६ का स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गरिएको छ। वडा कार्यालयले १४ जना स्वयंसेविकालाई साइकल वितरण गरेको हो।
संगममार्गकी स्वयंसेविका ५४ वर्षीय भगवती पौडेलले साइकल पाएपछि घरदैलोमा जान सहज हुने बताए। वडा कार्यालयले १४ वटा साइकल खरिदका लागि १ लाख २४ हजार रुपैयाँ खर्च गरेको वडाध्यक्ष गणेश पाठकले जानकारी दिए।
तिलोत्तमा नगरपालिकाले स्वयंसेविकालाई वार्षिक रूपमा झोला, छाता र पोसाक दिने गरेको छ।
प्रतिक्रिया दिनुहोस !