कुमाल समुदायको पेसा संरक्षणमा गुल्मीका पदम मुखिया

कुमाल समुदायको पेसा संरक्षणमा गुल्मीका पदम मुखिया
सुन्नुहोस्

गुल्मी : पछिल्लो समय बजारमा प्लाष्टिक तथा आधुनिक प्रविधिका भाडा भित्रिन थालेपछि कुमाल समुदायको पेसा संकटमा पर्दै जान थालेको छ। 

पेसा छोडेर विदेश जाने र पुर्ख्यौली पेसाको संरक्षणमा युवा पुस्ताको चासो नहुँदा गाउँ सहरमा माटाका भाडा लोभ हुँदै गएको पाइन्छ। तर, स्वदेशमै आत्मनिर्भर बन्ने लक्ष्यसहित गुल्मीका एक युवाले पुर्ख्यौली पेसा संरक्षण गरिरहेका छन्। जिल्लाको इस्मा गाउँपालिका-६ अंमरपूर बुल्मका पदम मुखियाले विगतका  वर्षदेखि माटाका भाडा निर्माण तथा त्यसको बजारीकरण गरिरहेका छन्। यतिबेला चाडपर्वको समय भएकाले पदमलाई काममा भ्याइनभ्याइ छ।

उनी भाडा निर्माणका लागि बिहानदेखि बेलुकासम्म कामदारसहित उद्योगमा भटिन्छन्। २०७१ सालमा सञ्चालनमा आएको बुल्म प्रगतिशील सेरामिक्स उद्योग समूहबाट मुखियाले लिजमा लिएर चलाइ रहेका छन्। 

सेरामिक्स उद्योगमा ३/४ जना स्थानीयले रोजगारी पाएका छन्। सेरामिक्स उद्योगमा दसैँ तिहार पर्व लक्षित गरेर पानस, फिल्टर, क्यान्डिल, हाडी, घैटा, मटुला, गमला, डल्लु , चौरा, कप, पिलेट, गिलास, भगवानका मूर्ति तथा सजावटका सामग्री बनिरहेका छन्। 'ठूलो सपना देखेर विभिन्न पेसा व्यवसाय छोडेर विदेश जानेको संख्या बढ्दो छ', उनले भने  'म आफ्नै देशमा केही गर्ने उद्देश्यले माटोमा खेलिरहेको छु।'

सेरामिक्समा निर्माण गरिएका माटाका भाँडाहरू जिल्लाको सदरमुकाम तम्घास, सिमलटारी, वामीटक्सार हुँदै बाग्लुङ,प्युठान, अर्घाखाँची, पाल्पा, स्याङ्जा, बुटवल लगायतका बजारमा खपत हुने गर्छ। उनले जिल्ला र बाहिर हुने मेला महोत्सवका स्टलमा आफ्नो सिप र भाडाको प्रदर्शनी गर्दै आएका छन्। उद्योगबाट वार्षिक लाखौंको कारोबार हुन्छ। 

null

उनले उद्योग सञ्चालन खर्च कटाएर कारबार यसैबाट घरखर्च चलाएका छन्। 'बजारमा पाइने प्लाष्टिक र आधुनिक प्रविधिका भाडाले बजारीकरण र माटोमा समस्या देखिएको छ,' उनले भने, 'हामीले उत्पादन गरेका वस्तुको बिक्री र माटोको व्यवस्थापन सम्बन्धी निकायले जोड पर्छ। कुमाल समुदायको पहिचान र सिप देश विदेशमा चिनाउन चाहान्छौं।'

सेरामिक्स उद्योगलाई स्थानीय र प्रदेश सरकारले सहयोग गरेको छ। नीति तथा कार्यक्रममा सेरामिक्सलाई समावेश गरेर गाउँपालिकाले सञ्चालन गर्ने हरेक कार्यक्रममा मायाको चिनो स्वरूप बुद्धको मूर्तिको चलनचल्तीमा ल्याउने इस्मा गाउँपालिका अध्यक्ष भगसिंह खड्काले बताए। 

बुल्ममा रहेको सेरामिक्स गाउँपालिका मात्र नभई जिल्लाकै चिनारी हो। अध्यक्ष खड्काले भने यसको संरक्षण र सञ्चालनमा हामी सबैको दायित्व हुन्छ। प्रदेश सरकारले चालु आर्थिक वर्षमा सेरामिक्समा तालिम, प्रविधिमा सहयोग गर्न बजेट विनियोजन घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका प्रमुख सुरेन्द्र भण्डारीले जानकारी दिए। 

माटोबाट निर्मित भाडाको बजारीकरण तथा मूर्तिलाई प्रत्येक कार्यालयमा राखेर प्रचारप्रसार गर्ने तयारी रहेको कार्यालय प्रमुख भण्डारीले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.