फरक क्षमता भएका शिक्षकलाई स्कुटर

फरक क्षमता भएका शिक्षकलाई स्कुटर
सुन्नुहोस्

तानसेन : जिल्लाको एक विद्यालयका विद्यार्थीले फरक क्षमता भएका शिक्षकलाई स्कुटर उपहार दिएका छन्। रैनादेवी छहरा गाउँपालिका-३, भुवनपोखरी रैनादेवी माध्यमिक विद्यालयका पूर्व विद्यार्थीले तीन पाङ्ग्रे स्कुटर उपहार दिएका हुन्। 

२२ वर्षसम्म अध्यापन गराएका पूर्व शिक्षक थमनबहादुर साठिघरेलाई स्कुटर उपहार स्वरूप हस्तान्तरण गरिएको छ। शिक्षक र विद्यार्थी बीचको सम्बन्ध सुमधुर बनाउने र दुःख परेकालाई सहयोग पुर्‍याउने अभियानका साथ उनीहरूले उपहार प्रदान गरे। 

पछिल्लो समयमा फरक क्षमता भएका व्यक्तिहरूलाई अपहेलना गर्ने, बेवास्ता गर्ने, माया ममता नदिने प्रवृत्ति बढ्दै गएको अवस्थामा उक्त विद्यालयका पूर्व विद्यार्थीले फरक काम गरेर सन्देश दिएका छन्। 

विद्यालयका पूर्व विद्यार्थी, भुवनपोखरी रूपन्देही सम्पर्क समाज र शुभचिन्तकहरूको अग्रसरतामा चन्दा रकम संकलन स्कुटर खरिद गरिएको हो। पूर्व शिक्षक साठिघरले रैनादेवीमा २०५३ सालदेखि २०७५ सालसम्म अध्यापन गराएका थिए । 

पूर्व शिक्षक साठिघरे २०७० सालमा जीप दुर्घटना परी घाइते भएका थिए। दुर्घटनापछि लामो समयसम्म उपचार गरेतापनि पूर्व शिक्षक साठिघरेको कम्मरमुनिको भागले काम गर्दैन। 

अहिले उनले काठको ठेला गाडी बनाएर  कर्मथलो भुवनपोखरीमा दैनिक जीविकोपार्जन गर्दै आएका छन्।  उनले अहिले होटल व्यवसाय गर्दै आएका छन्। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.