चाडपर्व लक्षित सुरक्षा व्यवस्था ८० हजार सुरक्षाकर्मी परिचालन

चाडपर्व लक्षित सुरक्षा व्यवस्था ८० हजार सुरक्षाकर्मी परिचालन

काठमाडौं : दसैं, तिहार तथा छठ पर्व नजिकिँदै गर्दा देशभरको सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ। चारवटै सुरक्षा निकायले आ–आफ्नो तर्फबाट देशभरको शान्ति सुरक्षामा निगरानी बढाएका छन्। चाडपर्व आउँदै गर्दा बढ्न सक्ने चोरी, ठगी, कालोबजारी तथा अपराधका घटनाका विषयमा सचेत रहन नागरिकसँग प्रहरीको अनुरोध छ। 

नेपाल प्रहरीका ५० हजार ५ सय ३० जना प्रहरी कर्मचारी चाडपर्व विशेष सुरक्षाका लागि खटाइएका छन्। यस्तै गरी सशस्त्र प्रहरीका ७५ प्रतिशत जनशक्ति फिल्डमा खटाइनेछन्। सशस्त्र प्रहरीका प्रवक्ता राजेन्द्र खड्काका अनुसार चाडपर्वमा सुरक्षा निगरानी र शान्ति सुरक्षाको लागि २९ हजार १ सय ५४ जना सशस्त्र प्रहरी फिल्डमा खटाइनेछ। आवश्यक पर्दा तत्कालै खटाउन सक्ने गरी २ हजार ९ सय २९ सशस्त्र प्रहरी तयारी अवस्थामा रहनेछन्। 

चाडपर्वको समयमा सीमावर्ती इलाकामा सुरक्षा गस्ती बढाइने खड्काले बताए। उनी भन्छन्, ‘सीमा इलाकामा नागरिकको सुरक्षित र सहज आवागमनका लागि तथा अप्ठेरोमा परेकाको उद्धार कार्यमा सहयोग पु¥याउनका लागि १ सय २५ ठाउँमा हेल्प डेक्स स्थापना गरिएको छ। भारत र चीनतर्फका सुरक्षाकर्मीको समन्वयमा नागरिक सहायता कक्ष स्थापना गरिएको उनले बताए। ३३ स्थानमा हेल्थ डेक्स पनि स्थापना गरिएको छ। विभिन्न नाकामा हातहतियार, विस्फोटक पदार्थ र लागूऔषध पहिचानका लागि तालिम प्राप्त कुकुरसमेत परिचालन गरिएको छ। आपराधिक क्रियाकलाप रोकथामका लागि ५३ स्थानमा एम्बुलेन्ससहितको आरआईआईटी टोली पनि परिचालित छ। 

पर्वलार्ई लक्षित गर्दै विशेष सुरक्षा योजना लागू गरेको छ। विशेष सुरक्षा योजनाअन्तर्गत देशभर कुल ५० हजार ५ सय ३० जना प्रहरीहरू खटाइएको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले जानकारी दिए। उनका अनुसार विगतका चाडपर्वमा भएको सुरक्षा कमी, कमजोरीलार्ई मध्यनजर राख्दै केन्द्रीय सुरक्षा योजनासहित सबै प्रहरी युनिटले आ–आफ्नै सुरक्षा चुनौतीअनुसार सुरक्षा योजना तयार पारी यस वर्षको दसैं तिहार सुरक्षा योजनालार्ई बलियो र मजबुद पारिएको छ।

चाडपर्व सुरक्षाका लागि नेपाल प्रहरी पनि तयारी अवस्थामा छ। नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतका अनुसार दसैं तिहारको समयमा नेपाल प्रहरीका गण तथा गुल्ममा रिजर्भमा रहेको फोर्सलार्ई समेत परिचालन गरिनेछ। घर बन्द गरेर तस्बिर खिचेर घर खाली भएको जानकारी हुने गरी सामाजिक सञ्जालमा पोस्ट नगर्न पनि प्रहरीले आग्रह गरेको छ।

प्रवक्ता कडायत भन्छन्, ‘चाडपर्व सुरक्षाका लागि २ सय ७४ वटा नागरिक सहायता कक्ष, ३ सय ५७ वटा प्रहरी सहायता कक्ष, सीमा इलाकामा नागरिक सहायता कक्ष ५० वटा स्थापना गरिएको छ। चाडपर्वमा आपराधिक क्रियाकलाप बढी हुने भएकाले त्यसतर्फ सबैले चनाखो भएर लाग्न तथा आफ्ना घर, छिमेकमा त्यहाँँ गतिविधि भएमा वा हुने संकेत देखिएमा तत्काल नजिकको प्रहरी युनिटमा खबर गर्न प्रहरीको आग्रह छ।  

प्रहरी प्रधान कार्यालयले चाडपर्व लक्षित विशेष सुरक्षा योजना देशैभरका प्रहरी युनिटहरूमा लागू गरिसकेको छ। दसैं तिहार विशेष सुरक्षा योजना लागू भएसँगै सम्भावित जोखिम क्षेत्रको पहिचान गरी चोरी तस्करीलगायत आपराधिक क्रियाकलाप रोक्न प्रहरी तयारी अवस्थामा छ। प्रहरी प्रवक्ता कडायत भन्छन्, ‘शान्तिपूर्ण तरिकाले चाडपर्व मनाउने वातावरण बनाउनको लागि सुरक्षा निकाय परिचालन भइसकेको छ। राजमार्ग, बोर्डर एरिया, भीडभाड हुने व्यापारिक स्थान, बैंक तथा वित्तीय स्थानवरपर प्रहरी निगरानी बढाइएको छ।’ 

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता दिनेशराज मैनाली चाडपर्वलाई सुरक्षित तरिकाले मनाउन सचेत हुन आग्रह गर्छन्। उनी भन्छन्, ‘नगद बोकेर कारोबार कम गरौं, डिजिटल कारोबार गरौं, घर छाडेर हिँड्नुपर्दा साइरनजडित ताल्चा प्रयोग गरौं। प्रहरीलार्ई जानकारी दिने गरौं। बहुमूल्य सामग्री पहिरिएर बजारमा जाने नगरौं। सामाजिक सञ्जालमा व्यक्तिगत विवरण उल्लेख नगरौं। मोबाइलको प्रयोग गर्दा सचेत बनौं।’  


‘आन्तरिक सुरक्षा सुदृढ हुनुपर्छ’ 

गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको समृद्धि, समुन्नति र सुशासनका लागि आन्तरिक सुरक्षा व्यवस्था सुदृढ हुनुपर्ने बताएका छन्। मुलुकको आन्तरिक सुरक्षा व्यवस्थाको मियोका रूपमा रहेको नेपाल प्रहरीको भूमिका र कर्तव्यबोधले मात्र समग्र मुलुकको समृद्धि, कानुनी शासन र सुशासनको अनुभूति गर्न सकिने उनको दाबी थियो।

६८औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा भएको श्रद्धाञ्जली समारोहमा गृहमन्त्रीले नागरिकको सुरक्षा सुनिश्चित गर्न चाडपर्वलगायत आफ्नो व्यक्तिगत र पारिवारिक दायित्वलार्ई थाँती राखी देश र जनताको सुरक्षामा तैनाथ प्रहरी कर्मचारीहरू प्रेरणाको स्रोतको रूपमा रहने बताए। 

आमनागरिक र राज्यले सामना गरेको हरेक विषम परिस्थितिलार्ई निस्तेज तुल्याउन नेपाल प्रहरीले उच्च मनोबलका साथ खटिँदै आएको उनले चर्चा गरे। निष्पक्ष अनुसन्धानले पीडितलार्ई न्याय दिलाउनुको साथै राज्यमा दण्डहीनताको अन्त्य हुनुपर्नेमा उनको जोड थियो। उनले प्रहरीको अनुसन्धानमा प्रश्न उठाउने आधार छैन र कुनै स्वार्थ तथा शक्तिको प्रभाव वा दबाबमा नपरी निष्पक्ष अनुसन्धान कार्यमा नेपाल प्रहरीले सम्झौता गर्दैन भन्नेमा आफ्नो विश्वास रहेको बताए।  

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नागरिकमैत्री प्रहरीको रूपमा सांगठनिक छवि उजागरमा केन्द्रित रहन नेपाल प्रहरीलार्ई निर्देशन दिए। कुँवरले प्रहरी कर्मचारीको उत्प्रेरणा तथा मनोबल अभिवृद्धिमार्फत प्रहरी सेवा प्रवाहमा प्रभावकारिता वृद्धि गर्दै आन्तरिक सुदृढीकरण र शुद्धीकरणको लक्ष्यसहित ‘नेपाल प्रहरी कार्ययोजना, २०८०’  तर्जुमा गरिएको जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.