गगनको खुलासा : ओलीले मानेको भए पुस १० मै कांग्रेस र एमालेको सरकार बनिसक्थ्यो

गगनको खुलासा : ओलीले मानेको भए पुस १० मै कांग्रेस र एमालेको सरकार बनिसक्थ्यो

महामन्त्री थापाले ०८४ को निर्वाचनमा गठबन्धन गरेर थयो भने नेपाली कांग्रेस एक नरहने बताए।

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मानिदिएको भए पुस १० गते नै कांग्रेस र एमालेको सरकार बनिसक्ने खुलासा गरेका छन्।

बिहीबार नेपाल प्रेस युनियन काठमाडौंले आयोजना गरेको दसैं शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले गठबन्धनमा सभापति शेरबहादुर देउवाले विद्रोह गरेर ओलीसँग वार्ता गरेपनि त्यो असफल भएको दावी गरे।

'पुस १० गते हाम्रो सभापतिलाई के लाग्यो। उहाँले अगाडि के गर्नुभयो मलाई थाहा छैन। गठबन्धन भनिसकेपछि राजनीतिक दलकाबीच छलफल अध्याँरो कोठामा हुने। दुई/चारजनाको बीचमा छलफल हुने। चुनावभन्दा अगाडि के भयो। त्यो हामीलाई के थाहा। कसले के बाँचा गरे। चर चुनाव पछाडि पुस १० गते  हाम्रा सभापतिलाई के लाग्यो भने कांग्रेस ठूलो पार्टी हो। कांग्रेस ठूलो पार्टी भएकाले कांग्रेसको नेतृत्वमा बन्नुपर्छ भन्ने लाग्यो। त्यो स्वभाविक पनि हो। र कांग्रेस सभापतिले त्यो दिन विद्रोह गर्नुभयो। विद्रोह गरेर के गर्नुभयो भने बालकोट पुगेर केपी ओलीसँग वार्ता गर्नुभयो। तर, कांग्रेस सभापतिले गरेको वार्तालाई ओलीले स्वीकार गरिदिनु भएन।  मद्दत गरिदिनु भएन। नत्र त्यही दिन कांग्रेस र एमालेको सरकार बनिसक्थ्यो। हामी त कांग्रेस- एमालेको सरकार  बनाउने भनेर निर्णय गरेर प्रचण्डलाई घरबाट बिदा गरेर पठाएको। एमालेको हस्ताक्षर कुरेर बसिरह्यो। त्यो दिन ओलीले मानिदिनु भएन।नमान्दिएकाले त्यो दिन हाम्रो नेतृत्वको सरकार बन्न सकेन।'

महामन्त्री थापाले ०८४ को निर्वाचनमा गठबन्धन गरेर कांग्रेस नजाने बताए। गठबन्धन गरेर गयो भने त्यो बेला नेपाली कांग्रेस एक नरहने उनको भनाइ छ।

निर्वाचनअघि गठबन्धन गरेर जानु सैद्धान्तिक रुपमा नै गलत भएको उनले बताए । गठबन्धनमा रहेपछि संयुक्त नीति तथा कार्यक्रमका आधारमा सरकार चल्नुपर्नेमा त्यसो हुन नसकेको जिकिर गरे। थापाले गठबन्धनमा रहेकै कारण सरकारले फागुन १ गते जनयुद्ध दिवस मनाउन विदा दिने कुरा कांग्रेसले स्वीकार गर्न नसक्ने बताए। त्यस्तै उनले कोशी प्रदेशको राजनीतिक परिघटनापछि वाग्मती प्रदेशमा पनि सरकार फेर्नुपर्ने र कांग्रेस नेतृत्वमा सरकार बन्नुपर्ने भन्दै सांसदहरू आफूलाई भेट्न आएको बताए।

थापाले अहिलेको अवस्थामा कांग्रेसले आफैतिर फर्केर नेता कार्यकर्ता तथा जनताको असन्तुष्टिलाई सम्बोधन गर्न सच्चिएर जानुपर्ने बताए । आगामी महासमिति बैठकको मञ्चलाई कुण्ठा भन्दा पनि पार्टीको कमि कमजोरीलाई सुधार गर्न केन्द्रीत हुनुपर्ने उनको भनाइ छ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.