हराउँदै पिङ संस्कृति

पिङ संरक्षण गर्न गाउँपालिकाले दियो लठ्ठा

पिङ संरक्षण गर्न गाउँपालिकाले दियो लठ्ठा
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

सिन्धुपाल्चोक : लिङ्गे पिङ लोप हुन लागेको भन्दै सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका संरक्षणमा जुटेको छ । लिङ्गे पिङ संरक्षण गर्न सुनकोशी गाउँपालिकाले पालिकाभर पिङको लठ्ठा  उपलब्ध गराएको छ। 

गाउँपालिकाले गत वर्षदेखि दसैंको अवसरमा गाउँ–गाउँमा पिङ थाप्न लठ्ठा वितरण सुरु गरेको थियो ।  दसैंमा स्थानीयलाई मनोरञ्जनका लागि र लिङ्गे पिङको संरक्षण गर्न पालिकाभर निःशुल्क लठ्ठा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले जानकारी दिए । सात वडामा आवश्यकताको आधारमा लठ्ठा प्रदान गरिएको उनले जानकारी दिए । 

पालिका तिमिल्सिना र उपाध्यक्ष कान्छी लामाले वडाध्यक्षहरुलाई लठ्ठा प्रदान गरेका छन् ।  ‘अहिले गाउँमा लिङ्गे पिङ देखिन छाडिसकेको छ,'पालिका अध्यक्ष तिमल्सिनाले भने,‘हाम्रा संस्कृतिलाई लोप हुन दिनु हुन्न भनेर पिङको लठ्ठा दिएका हौं ।’ 

स्थानीय सरकारले पिङ संरक्षण नगरे भविष्यमा देख्न समेत नपाउने अवस्था आउन सक्ने उनले बताए।  गाउँका युवाहरु जम्मा भएर बाबियो र बाँस काटेर लिङ्गे पिङ बनाउँदा निकै रमाइलो हुने भए पनि पछिल्लो समय गाउँमा युवाको संख्या कम भएपछि पिङ हाल्ने चलन पनि हराउँदै गएको हो ।

पिङ निर्माणका लागि धेरै जनशक्ति आवश्यक पर्ने हुँदा पनि जनशक्तिकै कारण अहिले लोप हुँदै गएको स्थानीय प्रल्हाद तिमल्सिनाले बताए । ‘युवा जनशक्ति विदेश पलायन हुनु र बाह्य संस्कृतिको प्रभाव गाउँघरमा पर्न थाल्नुले पनि गाउँघरमा पिङ राख्ने र खेल्नेको उत्साह नदेखिएको हो’,उनले भने ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.