थारू समुदायको दसैं , सेतो टीका लगाएर मनाइयो

थारू समुदायको दसैं , सेतो टीका लगाएर मनाइयो

दाङ : दाङमा थारू समुदायले दसैं मनाएका छन्। थारू समुदायले यस वर्षको बडादसैं नवमीको दिन सेतो टीका लगाएर  हर्षोल्लासका साथ मनाएका हुन्। 

बडादसैंको अघिल्लो दिन थारू समुदायले दसैं मनाउने चलनअनुसार दाङका थारूहरूले टीका र जमरा लगाएर मान्यजनबाट आशीर्वाद लिने र आफूभन्दा सानालाई आशीर्वाद दिएर मनाएका छन्। 

थारू समुदायले पञ्चमीदेखि नै  पूजाआजा गर्ने र समुदायको अगुवा बडघर महतवाका घरमा जम्मा भएर नाचगान गर्दै बेलुकीपख टीका र जमरा लाएर दसैं मनाउने गर्छन्। 

यसैबीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले तुलसीपुरमा रहेको निजी निवासमा दसैं मनाएका छन्। मुख्यमन्त्री चौधरीले अभिभावकबाट टीकाग्रहण गरे भने थारू समुदायका युवाहरूलाई पनि टीका लगाइदिएका छन्। 

थारूको परम्पराअनुसार दसैंको अघिल्लो दिन सेतो चामलको पीठोको टीका लगाएर मनाइएको मुख्यमन्त्री चौधरीले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.