सुनको मूल्य घट्यो,चाँदी बढ्यो
काठमाडौं : नेपाली बजारमा आज सुनको भाउ घटेको छ। आइतबार हालसम्मकै उच्च मूल्यमा पुगेको सुन सोमबार ५ सय रुपैयाँले घटेर १ लाख १६ हजार ५ सय रुपैयाँ पुगेको थियो।
आज फेरि ५ सय रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख १६ हजार रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबार प्रतितोला सुनको मूल्य १ लाख १७ हजार पुगेको थियो।
आज तेजाबी सुन प्रतितोला १ लाख १५ हजार ४५० रुपैयाँ पुगेको छ। सोमबार तेजावी सुन १ लाख १६ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो।
सुनको मूल्य घटे पनि चाँदीको भाउ भने बढेको छ। १० रुपैयाँले बढेर चाँदी प्रतितोला १४ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
सोमबार चाँदी प्रतितोला १४ सय १० रुपैयाँ पुगेको थियो।
प्रतिक्रिया दिनुहोस !