फूल खेतीमा आकर्षण

फूल खेतीमा आकर्षण
फाइल तस्बिर।
सुन्नुहोस्

दोलखा : पछिल्लो समय व्यापार व्यवसाय र अन्य पेसाभन्दा कृषिमा लाग्नेको संख्यामा वृद्धि हुँदै गएको छ। दोलखा शैलुङका युवाहरू व्यावसायिक फूल खेतीतर्फ आकर्षित भएका छन्। 

शैलुङ–७ फस्कुका युवाले ६० रोपनी जग्गामा १० लाख रुपैयाँको लगानी गरी व्यावसायिक सयपत्री फूल खेती सुरु गरेका हुन्। फस्कु– ७ का सेनानिवृत्त भूषण काकीर्,  विदेशमा जान पासपोर्ट तयार पारेका गोपाल थामी, बाबु तामाङ, सागर बस्नेत, प्रेमजंग कार्कीसहित पाँच जनाको संयुक्त लगानीमा व्यावसायिक फूल खेती थालिएको छ।

२० वर्ष नेपाली सेनामा जागिर खाएर निवृत्त भएका कार्कीले सेनामै छँदा तालिमबाट सिकेको सीपलाई जागिरपछि व्यवहारमा प्रयोग गर्न र जिल्लामा विभिन्न धार्मिक कार्य मठमन्दिर जानेहरूले बाहिराबाट ल्याएको माला प्रयोग गर्नुपर्ने अवस्थाको अन्त्य गर्ने उद्देश्यले फूल खेती सुरु गरेका हुन्। उनले विदेश जान तयारीमा रहेका अन्य चार साथीलाई आफ्नै देशमा केही गरौं भनेर व्यावसायिक फूल खेती सुरु गरेको बताए।

२०८० को साउनबाट शैलुङको चर्णावतीधामबाट करिब ३ सय किलोमिटरको दूरी निमटारमा कलकत्ते टेनिसवर्ग (कर्म) र गोल्ड म्यारी दुुई जातको सयपत्री फूलको बिउ झिकाएका हुन्। केजीको ६५ हजार रुपैयाँमा बिउ कलकत्ताबाट झिकाएर बिरुवा उत्पादनसहित फूल खेती सुरु गरेका युवाहरूले एक मौसममा ६० हजार केजी उत्पादन गर्ने लक्ष्य राखेको कार्कीको भनाइ छ। 

वार्षिक १ करोड ५० लाख रुपैयाँको फूल र बिरुवा उत्पादन गर्ने योजना बनाएका युवाले दसैंको मौसममा मात्रै १० लाख रुपैयाँभन्दा बढीको फूल बिक्री गरिसकेका छन्। तिहारमा ४० लाख रुपैयाँभन्दा बढीको बिक्री गर्ने लक्ष्य छ। स्थानीय बजारलाई प्राथमिकता दिने र बाँकी रहेको मात्र बाहिर पठाउने योजना रहेको व्यवसायी कार्कीले बताए।

वर्षको तीन पटकसम्म टिप्न मिल्ने कलकत्ते सयपत्रीसँगै तिहारलाई लक्षित गरेर मखमली फूलसमेत लगाइएको छ। कृषि फार्ममा गुलाबका कटिङ विरुवासमेत उत्पादन थालिएको छ। 

‘जिल्लामा हुने सामाजिक, सांस्कृतिक तथा धार्मिक कार्यक्रम र उत्सवमा आयात हुने विदेशी खादाको सट्टामा जिल्लामै फूलको मालाको प्रयोग बढ्न थालेपछि व्यावसायिक फूल खेतीमा लागेका हौ,’ कार्कीले भने, ‘तिहारमा फूलको माग अझ बढ्ने हुँदा हामीमा उत्साह बढेको छ।’

‘विदेशमा गर्ने दुःख र मेहनत आफ्नै बारीमा गर्न पाउँदा निक्कै खुसी छौं। फूलले अहिले बजारको माग धान्न भ्याइनभ्याइ छ। बजारको मागलाई चिन्न सके गाउँमै सम्भव हुँदो रहेछ,’ वैदेशिक रोजगार छाडेर फूल व्यवसायमा लागेका गोपाल थामीले भने। 

ढकमक्क फूलेको सयपत्रीले वातावरण नै रमणीय बनाएको छ। फूल खेती हेर्न अहिले दैनिकजसो आन्तरिक पर्यटकसमेत पुग्ने गरेका छन्। वर्षमा तीन चोटी फूलाउन सकिने सयपत्री फूल खेतीबाट एक पटकमा ५० लाख रुपैयाँबराबरको उत्पादन हुने कृषक कार्कीको भनाइ छ। दोलखा जिल्लाभर, रामेछाप र काठमाडौंबाट माग आइरहेको कार्कीले बताए। रोजगारीको खोजीमा भौतारिएका युवाहरू पनि दैनिकजसो फूल खेती हेर्न जाने र आफूहरू पनि यस्तै व्यवसाय गर्नुपर्छ भनेको सुन्दा उदाहरणीय कामको सुरुवात गरिएछ भन्ने लाग्ने गरेको कार्कीले सुनाए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.