प्रधानमन्त्री प्रचण्ड आज बुटवल आउँदै

प्रधानमन्त्री प्रचण्ड आज बुटवल आउँदै
फाइल तस्बिर।
सुन्नुहोस्

बुटवल : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बुटवल आउँदै छन्। अस्पताल भवनको शिलान्यास तथा पार्टीका कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्न प्रचण्ड बुटवल आउने भएका हुन्।

आज बिहान ११ बजे बुटवलको आम्दा अस्पतालमा हुने भौतिक संरचनाको शिलान्यास, उद्घाटन तथा वार्षिकी कार्यक्रममा प्रधानमन्त्री सहभागी हुनेछन्। त्यसलगत्तै  दिउँसो १ बजे नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश कमिटीका नेताहरूसँग प्रचण्डले छलफल गर्ने पार्टीका बुटवल नगर अध्यक्ष महेन्द्र भुसालले जानकारी दिए।

यसै गरी दिउँसो २ बजे पार्टीका विभिन्न जन वर्गीय सङ्गठनका अगुवा तथा केन्द्रीय सदस्यलाई प्रधानमन्त्री प्रचण्डले प्रशिक्षण दिने कार्यक्रम तय भएको पार्टीका जिल्ला संयोजक निर्मल जिसीले बताए।

कार्यक्रम बुटवलको कालिकानगरस्थित एसियन होटेलमा आयोजना गरिएको छ। यी विभिन्न कार्यक्रममा सहभागीताका लागि माओवादी रुपन्देहीले लुम्बिनी प्रदेशका अगुवा नेता तथा कार्यकर्तालाई बुटवलमा उपस्थित हुन आग्रह गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.