भूकम्पमा परेर मृत्यु हुनेको नाम दोहोरो, मृतकको संख्या १५३ कायम

भूकम्पमा परेर मृत्यु हुनेको नाम दोहोरो, मृतकको संख्या १५३ कायम
सुन्नुहोस्

जाजरकोट : जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर शुक्रबार गएको भूकम्पमा परेर मृत्यु हुनेको नाम दोहोरिएको पाइएको छ। जाजरकोटको नलगाड नगरपालिकाका तीन जना मृतकको ठेगाना र मृत्यु भएको स्थान फरक-फरक परेकाले दोहोरिएको र अर्को एक जनाको नागरिकता र बोलाउने नाम छुट्टाछुट्टै रहेको र दुवै नाम रेकर्डमा रहेकाले ४ जनाको संख्या दोहोरिएको जिल्ला प्रहरी प्रमुख डिएसपी सन्तोष रोकामगरले प्रष्ट पारेका हुन्। 

यसअघि नलगाड नगरपालिकामा ५५ जनाको मृत्यु भएको तथ्यांक प्रहरीले दिएको थियो। अहिले नलगाडमा ५१ जनाको मृत्यु भएको संख्या यकिन भएको डीएसपी रोकामगरले बताए। उनले भने, 'हामीले प्रारम्भिक तथ्यांकअनुसार १५७ मृतक घोषणा गरेका थियौं। तर अहिले सबैतिरबाट भेरिफाइ गरेपछि केही नाम र ठेगाना भएको मृतकहरू दोहोरिएकाले मृतक संख्या घटेको हो।’

डीएसपी रोकामगरका अनुसार नलगाड नगरपालिका ८ की सरिता सिंह, नलगाड ७ का रेगम सिंह, नलगाड १२ की मिना बिष्टको नाम दोहोरिएको हो।

त्यस्तै टेकबहादुर पुनको व्यक्ति एउटा मात्र रहेका तर नाम दुई हुँदा संख्या दोहोरिएको थियो। जाजरकोटको भेरी नगरपालिकामा ४२ जनाको मृत्यु भएको छ। त्यसमध्ये २८ महिला १४ पुरुष छन्। जाजरकोटकै नलगाड नगरपालिकामा ५१, कुशे गाउँपालिकामा ७ र छेडागाड नगरपालिकामा १ जनाको गरी १ सय १ जनाको मृत्यु भएको हो।

त्यस्तै रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ। दुवै जिल्लामा गरेर ज्यान गुमाउनेको संख्या जम्मा १ सय ५३ मात्र निश्चित भएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताए। सबै नाम र ठेगानाको भेरीफाई गर्दा हालको संख्या काम भएको प्रजिअ सुनारले बताए।

यसअघि १ सय ५७ जनाको मृत्यु भएको प्रहरी र स्थानीय प्रशासन आफैँले पुष्टि गरेको थियो। हाल मृत्यु हुनेमा ९७ महिला र ५६ पुरुष गरि १५३ जना मृतको संख्या कायम भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.