...अनि घाइते सँगै लिएर फर्किए राष्ट्रपति

...अनि घाइते सँगै लिएर फर्किए राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेल जाजरकोटमा भूकम्पबाट क्षति पुर्‍याएको संरचनाको अवलोकन गर्दै । तस्बिर : राजेन्द्र कार्की
सुन्नुहोस्

जाजरकोट : राष्ट्रपति रामचन्द्र पौडेल भूकम्प प्रभावित जाजरकोट खलंगामा मंगलबार मध्याह्न हेलिकप्टरमा उत्रिए। घाइते भेट्न अस्पताल पुगे। त्यहाँ थिइन् भूकम्पमा परी घाइते भएका नलगाड नगरपालिका–३ का बिरु पुनकी छोरी ललिता। 

उनले राष्ट्रपति देख्नासाथ भनिन्, ‘बुवाको उपचारमा बेवास्ता भयो। अहिले पनि उभिन सक्नु हुन्न ढाडमा चोट लागेको छ। यसरी कति दिन बस्ने। सुविधासम्पन्न अस्पतालमा लान सकेको भए थप उपचार गर्न सकिन्थ्यो कि !’ राष्ट्रपति पौडेलले साथमै रहेका उपप्रधानमन्त्री पूर्णबहादुर खड्का र ऊर्जामन्त्री शक्ति बस्नेतलाई तत्काल बिरुको उपचारको व्यवस्था मिलाउन आग्रह गरे र अरू बिरामीलाई भेटे। उपप्रधानमन्त्री खड्काले बिरु कि छोरीको फोन नम्बर टिपेर लिए। 

null

खड्काको निर्देशनमा सेनाको हेलिकप्टरले बिरुलाई सुर्खेत लिएर गयो। अस्पतालमै जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले भूकम्पको क्षति, उद्धार र राहत वितरणमा भइरहेका कार्यहरूबारे ‘ब्रिफिङ’ गरे। त्यस लगत्तै भूकम्पले क्षतविक्षत भएको सदरमुकाम खलंगाको माथिल्लो थाप्लेमा करिब २० मिनेट पैदलै हिँडेर अवलोकन गरे। 

पीडितहरूले आफूहरूलाई पुनर्वासको व्यवस्था गरिदिन आग्रह गरे। भेरी नगरपालिका–३ का भूकम्पपीडित प्रकाश शाहले घर पूरै भत्किएकाले बनाउने व्यवस्था मिलाउन आग्रह गरे। राष्ट्रपति पौडेलले भूकम्प विपत्तिको बेलामा कोही छैन भनेर नआत्तिन भूकम्प पीडितसँग आग्रह गरे। उनले सबै मिलेर विपद्को सामना गर्नुपर्नेमा जोड दिँदै प्रभावित क्षेत्रमा पुनर्निर्माण र पुनर्वासको आवश्यकता रहेको उल्लेख गरे।

null

राष्ट्रपतिले पौडेलले आफू विगतमा झाडापखालाको महामारी हुँदा यस क्षेत्रका जनतासँगै रहेको प्रसंग उल्लेख गर्दै विनाशकारी भूकम्पको विपत्तिमा दुःख परेको बेलामा पनि स्थानीयको साथमा रहेको बताए। ‘यो दुर्भाग्यपूर्ण र प्राकृतिक विपद्को दुःखद घटना हो, तपाईंहरूको दुःखमा साथै रहन र राहत र उद्धारमा भइरहेका कामहरूको अवस्था बुझ्न साथै यहाँको अल्पकालीन र दीर्घकालीन पुनस्र्थापनाको प्रबन्धलाई प्रभावकारी बनाउनुपर्छ भनेर यहाँ आएको हुँ,’ उनले भने। 

उनले स्थायी घर नबन्दासम्मका लागि जाडो र वर्षायाममा समस्या नहुने गरी बसोबासको अस्थायी प्रबन्ध तथा दीर्घकालीन रूपमा कुनै उपयुक्त ठाउँको पहिचान गरी स्थायी घर निर्माण गर्नुपर्नेमा अहिले नै सोचेर काम थाल्न आग्रह गरे। त्यसपछि उनी उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, ऊर्जामन्त्री शक्ति बस्नेत, जाजरकोटका प्रदेश सदस्य राजीव विक्रम शाह, प्रधानसेनापति प्रभुराम शर्मालगायतको टोली लिएर भूकम्पको केन्द्रबिन्दु रहेको बारेकोटको रामीडाँडा गए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.