अन्नपूर्ण केबलकारको पार्टनर्स मिट

अन्नपूर्ण केबलकारको पार्टनर्स मिट
अन्नपूर्ण केबलकारको पार्टनर्स मिटको बिरुवामा पानी हालेर उद्घाटन गर्दै अध्यक्ष कालु गुरुङ र डाइरेक्टर आजाद श्रेष्ठ ।  तस्बिर : सुनिता डंगोल
सुन्नुहोस्

काठमाडौं : पोखराको अन्नपूर्ण केबलकारले राजधानी पार्टनर्स मिट आयोजना गरेको छ। केबलकारले देशका प्रमुख ट्राभल एजेन्सीका साथै कम्पनीका बिजनेस पार्टनरको सहभागितामा कार्यक्रम आयोजना गरेको हो।

केबलकारले नयाँ पार्टनरलाई नेपालको पर्यटन क्षेत्रलाई थप सुदृढ बनाउने अभियानमा सहकार्य गर्न आमन्त्रण गरेको छ। उक्त अवसरमा कम्पनीले चाँडै नै आकर्षणका निम्ति ४८ फिट अग्लो पञ्चमुखी गणेशको प्रतिमा अनावरणको घोषणासमेत गरेको छ।

‘कार्यक्रमले हाम्रा विद्यमान साझेदारीलाई थप सुदृढ बनाउँदै नयाँ साझेदारलाई स्वागत गर्ने महोत्सवका रूपमा हामीलाई सघाएको छ,’ अन्नपूर्ण केवलकारका अध्यक्ष कालु गुरुङले भने, ‘यो सहकार्यले पोखराको मात्र नभई समग्र नेपालकै पर्यटन क्षेत्रको विकासका लागि उल्लेख्य योगदान पुग्याउने हाम्रो विश्वास छ।’

अन्नपूर्ण केबलकारका स्वतन्त्र निर्देशक सनत न्यौपानेले कार्यक्रममार्फत पोखराका साथै नेपाललाई नै एक प्रिमियम पर्यटकीय गणतव्यका रुपमा स्थापित गर्न सहकार्यका लागि अनुरोध गरे। ‘अन्नपूर्ण केबलकार सुरक्षित, आरामदायी र अभूतपूर्व अनुभव प्रदान गर्ने यात्राको माध्यम हो,’ न्यौपानेले भने, 

‘केबलकारमार्फत सराङकोट उक्लँदै गर्दा र पुगेपछि देखिने ताल, सहर, हरियो जंगल, सूर्योदय र रमणीय हिमशृंखलाको अनुभूति सबैलाई अविस्मरणीय हुनेछ।’

  •     ४८ फिट अग्लो पञ्चमुखी गणेश प्रतिमा आगामी शिवरात्रिमा अनावरण गरिने
  •     केबलकारले आगामी दिनमा रात्रिकालीन सेवा दिने

न्यौपानेले अन्नपूर्ण केबलकारमा आगामी दिनमा रात्रिकालीन सेवा पनि दिइने र चाँडै आईपीओमार्फत सर्वसाधारण र 
सरोकारवालालाई अपनत्व प्रदान गरिने उद्घोष पनि गरे। साथै, पञ्चमुखी गणेश मूर्ति अनावरणमा पुग्न सबैलाई निमन्त्रणा गरे। मूर्ति अनावरण आगामी फागुन २५ गते महाशिवरात्रिको दिन गरिनेछ।

nullअन्नपूर्ण केबलकारकासञ्चालकहरू तीर्थराज त्रिपाठी, चन्द्रबहादुर कार्की, सनत न्यौपाने र महाप्रबन्धक अन्जान बदगामीलगायत सामूहिक तस्बिर खिचाउँदै। 

२०७५ फागुनदेखि सञ्चालनमा आएको अन्नपूर्ण केबलकारले सेदीबगरदेखि सराङकोट जोड्ने २.२ किमि लामो केबलकार प्रणाली सञ्चालन गर्दै आइरहेको छ। प्रणालीमा १७ गोन्डोला छन् जसको क्षमता प्रतिघण्टा ५ सय जनालाई सुविधा दिनेछ। केबलकारले साइक्लिङ, जिप लाइनिङ, बञ्जिजम्पिङ, स्विङ, रक क्लाइम्बिङ, क्यानोइङलगायत रोमाञ्चक खेलको मनोरञ्जन लिने सुविधा पनि उपलब्ध गराउँदै आएको छ।

सुरक्षालाई पहिलो प्राथमिकताको विषय बनाएको कम्पनीले जापानको निप्पोन केबल कम्पनीले प्रदान गरेको सुरक्षा मापदण्ड विशेष रूपमा पालना गरेको छ। कम्पनीमा ८० भन्दा बढी दक्ष तथा अर्ध–दक्ष मानव संशाधन कार्यरत छन्।

क्षेत्रको आर्थिक उन्ततिका साथै पोखरालाई प्रिमियम पर्यटकीय गन्तव्य बनाउने उद्देश्य केबलकारको छ। कम्पनीले भनेको छ, ‘पोखराको आर्थिक सम्मुन्नतिको उद्देश्य बोकेको अन्नपूर्ण केबलकारले इमान्दारिता, अखण्डता, सुरक्षा, राम्रो आचरण, स्वच्छता, स्वास्थ्य मापदण्डलगायत मूलभूत मूल्य मान्यतामा अडिग रहँदै सबैप्रति उच्च आदर र सम्मानित व्यवहार प्रदर्शन गर्नु कम्पनीको प्रमुख प्राथमिकता हो।’ 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.